मङ्लबार, बैशाख १८, २०८१

श्रीमान पोर्चुगलमा..यता श्रीमती सारदा र छोरा बेपत्ता , स्कुटर र चप्पल जंगलमा भेटियो (भिडियो सहित )

दाङ / नवलपरासी मा एक छोरा संगकि आमा बेपत्ता भएकी छिन। गत शनिबार देखि आमा छोरा बेपत्ता भएका छन। बेपत्ता भएको एक हप्ता बिति सक्दा सम्म पनि सारदा कसैको सम्पर्क मा नभएको र खोजतलास गर्दा पनि उनि हरु कतै नभेटीएको सारदा का बुवा आमा बताउनु हुन्छ।

छोरि जिउदो मर्दो के छ भनि बुबा आमा, प्रसासन खोजि गर्ने क्रममा नारायणी नदि को छेउमा आफ्नो नाती को जस्तै चप्पल भेटाए पछि बुबा को होसनै उड्यो। र छोरि सारदाले बर्षौ देखि चलाएर  आएको स्कुटर भने जंगल को बीच मा भेटिएको छ।

स्कुटर  त जंगलको बीच मा भेटियो तर चप्पल छोरा को हो कि होइन भनि घर मा गई हेर्दा छोरा को नै रहेको बुबा ले भन्नु भएको छ। सारदको श्रीमान बैदेशिक रोजगारी को लागि पोर्चुगल गएका छन। सारदा घर मा बुढो ससुरा को स्याहार सुसार गरि बसेकी थिइन।

सारदालाई बाहिर बाट श्रीमान ले धेरै शंखा उपशंखा गरि श्रीमान सधै गाली गर्ने मेरो घर बाट निस्केर जा ,तेरो अनुहार पनि हेर्न सक्दैन जस्ता तनाब  फोन, म्यासेज मा  गर्ने गर्दा रहेछन।

सारदाले  मलाई किन यति नराम्रो बनाउनु हुन्छ मैले  त्यस्तो  नराम्रो काम केहि गरेको छैन भनि सम्झाइ-बुझाई गर्दा उल्टै उनलाई गालि गर्दै हप्काउने गर्दा रहेछन। घर मा बुढा  भएको बुबा लाई हेर्नु पर्छ म अहिले यस्तो अवस्था मा बुबा लाई छोडी कहाँ जाम, बरु हजुर आउनुहोस अनि जे गर्न मन लाग्छ त्यहि गर्नु होला भनि सम्झाउदा  नभए पछि अहिले आमा छोरा बेपत्ता भएका छन।

आमा बुबा को कुरा अनुसार  ज्वाईले  पहिले पनि  धेरै पिडा  दिएको कारण माइती आको र यस पटक पनि ज्वाई ले धेरै पिडा दिएको हुनाले यस्तो गरेको बताएका छन। जंगल को बीच मा  आफै स्कुटर छोडी  कतै गएकी छिन वा अरु कसैले लिएको हो त्यो भने अझै खुलेको छैन भने बेपत्ता आमा छोरा लाई खोजिकार्य भइरहेको छ।

पुरा भिडियो हेर्नुहोस

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७