बुधबार, बैशाख ५, २०८१

अक्षय कुमारको ‘हाउसफूल ४’ हिट भएपछि अब ‘हाउसफूल ५’ बन्ने

मुम्बई – हाउसफूल सिरिजको चौथो भागले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । फिल्मको आलोचना भए पनि व्यापारमा भने कुनै असर देखिएन । फिल्मको कलेक्सन २ सय करोड हाराहारीमा छ ।

फिल्मको सफलतापछि निर्माता साजिद नाडियाडवाला निकै उत्साहित देखिएका छन् । योसँगै उनले ‘हाउसफूल ५’ को तयारी पनि थालेका छन् ।

भारतीय मिडियाका अनुसार साजिदले फरहाद सामजीलाई यसको पाँचौ भागको स्किृप्ट लेख्न भनेका छन् । उनले जतिसक्दो छिटो फिल्मको पाँचौ भाग निर्माण गर्न चाहिरहेका छन् । सम्भवतः ‘हाउसफूल ५’ सन् २०२१ को अन्त या २०२२ को शुरुवाततिर रिलिज हुनेछ ।

यद्यपि फिल्ममा को को कलाकार रहने भन्नेबारेमा कुनै जानकारी दिइएको छ । तर, यो चाहिँ हो कि फिल्ममा अक्षय कुमार पक्कै हुनेछन् ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७