शुक्रबार, बैशाख ७, २०८१

सुटकेश भित्र रहेको शव दाङका कृष्ण बहादुर बोहोराको रहेको पुस्टि

दाङ

२६ साउन / गोंगबुमा बिभत्स अवस्थामा फेला पारिएको शव दाङका कृष्ण बहादुर बोहोराको खुलेको छ।

शवको सनाखत नहुदा अनुसन्धानले गति लिन नसक्दा प्रहरीले शव को तस्बिर सार्बजनिक गरेको थियो। तस्बिर सार्बजनिक भए लगत्तै शव बोहोरा को भएको खुलेको हो। उनि नया बजार क्षेत्र को एक  उद्योग मा काम गर्ने प्रहरीले बताएको छ।

मृतक को सनाखत भए लगत्तै काठमाडौँ प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखा को टोलि अहिले  गोंगबु पुगेको छ। आइतबार गोंगबु नजिकै सुटकेस भित्र टाउको र खुट्टा बिनाको शव  भेटिएको थियो। कुकुर को सहयोग मा प्रहरीले त्यस को तिन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो।

अहिले अपराधस्थललाई प्रहरीले घेरा हालेको छ   । हालसम्म प्रहरीले घटनामा कसैलाई पक्राउ गरिसकेको छैन । हत्याको कारणबारे पनि खुलाइएको छैन ।

See Less

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७