शनिबार, साउन १२, २०८१

कल्पनाकाे घर चितवन पुग्दा , श्रीमान विदेशबाट आएपछि के – के भयो यस्तो ? (भिडियो सहित)

दाङ  । कल्पनाका श्रीमान पहिलो पटक मिडियामा आएका छन् । कल्पना पनि आफ्नो दोस्रो श्रीमती भएको बताएका छन् । पहिलो श्रीमतीसंग बस्दै आएका कल्पनाका श्रीमानले आफुहरुको अहिले सम्म सम्बन्ध विच्छेद पनि नभएको र सम्बन्ध र सम्पर्क पनि नभएको बताएका छन् । कल्पना संग उनको  चार वर्ष यता कुनै सम्बन्ध नभएको बताएका छन् ।

उनले छोरीको विवाहका विषयमा एक पटक मात्र फोनमा कुरा भएको बताएका छन् । आफुले छोरीको विवाह गरिदिन्छु भन्दा नमानेपछि कल्पनाले आफ्नै तरिकाले गरिदिएको र आफु पनि नगएको बताएका छन् ।

उनले आफु विदेश जानु भन्दा अघि श्रीमती आफ्नो घरमा बसेको तर परिवारका अरु सदस्यसंग मिल्न नसकेपछि बर्दिया मा अर्को घर बनाएर राखिदिएको बताएका छन् । बर्दिया मा श्रीमती राखेर आफु फेरी विदेश गएपछि कल्पना त्यहाँ पनि राम्रो संग बस्न नसके पछि  काठमाडौ आएर बसेको बताएका छन् ।

कृष्ण बहादुर को हत्या आफुले गरेको स्वीकार गरे पछि कल्पना घटनामा प्रहरी हिरासतमा परेपछि छोराछोरी अलपत्र परेका छन् । कल्पनाको श्रीमानले छोरालाई सानो देखि नै आफुहरुले हुर्काएको बताएका छन् । उनले अब आफ्ना सन्तानलाई भने आफुले हेर्ने बताएका छन् ।

पुरा भिडियो हेर्नुहोस

 

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७