शनिबार, साउन १२, २०८१

दाङमा सानो राप्तीनदिमा मोटरसाईकल खस्दा दुई जनाको मृत्यु

अमृता के सी

लमही, ३२ साउन । देउखुरीको सानोनदिमा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ । लमही–कोइलावास सडक अन्तर्गत लमहीबाट गढवा जान लागेको मोटरसाईकल सानोनदिमा निर्माण गरिएको पुलमा ठोक्किएर अनियन्त्रित हुदाँ नदिमा खसेको थियो ।

लु ५७ प ८८०० नम्बरको मोटरसाइकल नदिमा खस्दा गढवा गाउँपालिका– ७ चन्दनपुर निवासी २९ बर्षीय सुरजनारायण चौधरी र सोही ठाउँ निवासी २८ बर्षीय मनोज चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

शनिवार राती ११ बजेतिर लमहीबाट गढवा घर जाने क्रममा मोटरसाइकल सानोनदिमा खसेको थियो । सानोनदिमा खसेर बेपत्ता भएका सुरजनारायण चौधरीको शव राती फेला परेको थियो भने मनोज चौधरीको शव आइतवार विहान भेटिएको थियो । उनीहरुको शवलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पताल राखिएको छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७