बिहिबार, चैत्र १५, २०८०

प्युठानको बाङ्गेसालमा अामाद्वारा ३ वर्षिया छोरीको घाँटी थिचेर हत्या

अमृता के सी , दाङ  १ भाद्र  साउन । प्यूठानमा अामाले अाफ्नै छोरीको घाँटी थिचेर हत्या गरेका छन् ।  जिल्लाको सरुमारानी – १ बाङ्गेसाल बस्ने अन्दाजी ४० वर्षीया माया अधिकारीले आफ्नै ३ बर्षीया छोरी आयुस्मा अधिकारीको घाँटी थिचेर हत्या गरेको स्थानियले बताएका छन् ।

मानसिक सन्तुलन बिग्रिएको बताइएकी उनले आईतबार सांझ छोरीको हत्या गरेको बताइएको छ । छोरीको हत्या गरेको अभियोगमा प्रहरीले अामालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७