शनिबार, साउन १२, २०८१

बजार बगेर खोला भयो…झन्डै ७ घण्टा हिडेर क्षतिग्रस्त स्थान रामारोशन पुगेपछि (भिडियो सहित )

  दाङ

अछाम रामारोशन गाउँपालिका वडा न .५ सैनिबजारमा आएको बाढी पहिरो  धेरै जन -धन को क्षति  गरेको छ।  धेरै वर्षा को कारण पहाड को टुप्पो मा रहेको रामारोशन ताल  फुटी बिभिन्न ठाउ मा ठक्कर दिदै पहिरो आइ  ठुलो मात्रमा आएको बाढी ले उक्त  सैनिबजार बगाई धेरै जन-धन को क्षति गरेको हो।

केहि पेशा गरि आफ्नो परिवार पालेका केहि संख्या मा रहेको  यो बस्ति लाइ एक्कासी करिब  रातिको ११ बजेको समय मा आइ सबै नस्ट पारिदियो। यो खबर जब हामीहरु सुनेउ त्यस पछि बाल-गायिका समीक्षा अधिकारी सहित पत्रकार भोजराज थापा को टिम केहि सहयोग को लागि उक्त ठाउमा गायौ।

उक्त ठाउ जान  हामीहरुलाई करिब २  दिनको बाटो लाग्यो , एक दिन भने गाडीमै गयौ  भने एक दिन हिड्दै जानु पर्यो। बर्खा को बाटो जता ततै पहिरोले गर्दा बाटो अबरुद्ध भएको थियो।  बाटो मा पहिरोको कारण धेरै ठाउ बाट फर्किन पर्यो। पैदल यात्रा उकालो ओरालो गर्दै हिड्ने क्रममा बाटो भरि जुकाले धेरै सताउने गर्थ्यो। जुका को डरले गर्दा छिटो-छिटो हिड्ने क्रममा धेरै ठाउमा लड्दै हिडियो।

धेरै लामो बाटो र कहिले नहिडे को हुनाले धेरै थकाई लाग्थ्यो तर पनि छिटो गएर पिडितको आसु पुछिदिन  पाए हुन्थ्यो भनि लागेको थकाई पनि नलागे झैँ गरि बल्लतल्ल सोहि ठाउ पुगियो र केहि सहयोग गरेको हुनाले हामी सबै खुसी भयौ।

अछाम जिल्ला रामारोशन गाउँपालिका वडा नं. ५ सैनी बजारमा आएको बाढी पहिरोमा परेर ज्यान गुमेका मृतक पीडित परिवारहरुको लागि हाम्रो  टिमले सन्चालन गरेको अभियान बाट संकलित रकम रु. २,०१०००/- ( दुइ लाख एक हजार ) अाज सम्बन्धि पीडितलाई भेटेर नै सहयोग हस्तान्तरण गरिएकोमा आभार व्यक्त गर्दछौ। र देश तथा विदेश बाट  सहयोग गर्ने मनकारी ब्यतित्यो हरुलाई  धेरै धेरै धन्यवाद पनि व्यक्त गर्दछौ।

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७