शनिबार, साउन १२, २०८१

जापानी यन १ लाख १६ हजारसहित भेटिएको झोला हस्तान्तरण

काठमाडौं- प्रहरीले विमानस्थलमा भेटाएकाे १ लाख १६ हजार जापानी यन सहितकाे झाेला सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ ।

सोमबार अपराह्न काेरियन एयरको उडानद्वारा सिउलबाट काठमाडौं आगमन भएका यात्रु गोरखा स्थायी ठेगाना भएका सुनिल सिंहको झाेला प्रहरीले भेटाएर उनलाई हस्तान्तरण गरेको हो ।

राहदानी नम्बर ०५५३५०५७ भएका सिंहको झोलामा जापानी यन १ लाख १६ हजार, मोवाइल थान-२ र चस्मा थान-१ रहेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त झोला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ्ग एरियामा फेला पारेको थियो ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७