शनिबार, साउन १२, २०८१

श्रीमानले गाउने, कन्चन नाच्ने, पहिलो पटक कन्चन श्रीमानसँग मिडियामा (भिडियो सहित )

दाङ -टिकटक बाट  भाइरल भएकी कन्चन बराल चालिसे  पहिलो पटक श्रीमान सहित मिडियामा आएकी छिन। कन्चन लाई श्रीमानले धेरै साथ सपोर्ट गर्ने बताएका छन। टिकटकमा मात्र नभई हरेक कुरामा आफुले सपोर्ट गर्ने कन्चनका श्रीमान बताउछन। कन्चनको श्रीमान श्रीमतीलाइ साथ मात्र होइन श्रीमान गीत गाउने र श्रीमती नाच्ने गरेको पनि पाईन्छ। कन्चनको श्रीमानले आफुले गीत रेकर्ड गरि कन्चनलाई नचाउने उनको धोको छ।

मेरो श्रीमतिमा धेरै कला छ उनले आफ्नो कला लाई बाहिर देखाउदा मलाई धेरै खुसि लाग्छ। धेरै दर्शकहरुले मन पनि  पारिदिनु भएको छ। र उनलाई गीत गाऊन भन्दा पनि नाच्न धेरै मन पर्ने हुनाले मेरो तर्फ बाट  उनलाई कुनै रोकावट छैन।

सानै उमेर देखि नाच्न रुचाउने कन्चनको प्रतिभालाई   सबैले   मन  पराउने गर्थ्ये। स्कुल को कार्यक्रम लगायत मेला महोत्सब मा कन्चन ले आफ्नो प्रतिभा देखाउने गर्थिन।समय बिते लगत्तै जब मेरो   बिहे भयो त्यस पछि मेरो  नाच्ने सपना अधुरै रह्यो भनि  सोचेको थिय तर त्यसो भएन। घर मा सासुआमा ले मलाई धेरै  माया गर्नुहुन्थ्यो ,हामी पुजा लगाउने ठाउमा जान्थौ  र मलाई आमाले नाच्न भन्नु हुन्थ्यो। मेरो नाच राम्रो मानि मलाई सधै सासु आमाले हौसला दिनुहुन्थ्यो।

म एक शिक्षिका भएको कारणले मलाई स्कुल मा पनि नाच्ने मौका मिल्यो। कहिले काही समय मिले पछि स्कुल का विद्याथी हरुलाई नाच्न सिकाउनु भनि सर ले भने पछि मलाई नाच्न त्यहाँ पनि मौका मिल्यो। र म मेरो पर्तिभा लाई मार्न पाईन।

बिहे भए पछि पनि मलाई नाच्न हौसला मिलेको कारण मा धेरै खुसि भए। समय बित्दै जादा मेरो छोराको जन्म भयो र मलाई ढाड  दुख्ने समस्या पर्यो। यो समस्याले गर्दा  धेरै नउफ्रिने भनेको हुदा नाच्ने सपना अधुरै  रह्यो । त्यस पछि मैले टिकटक भिडियोहरु हेर्न थाले। टिकटक मा धेरै राम्रा भिडियो हरु गर्न मन लाग्थ्यो तर म कुनै सक्ने अवस्था मा थियन।

टिकटक हेरिरको थिए एक जना दाइको टिकटक  मा मेरो आखा गयो। त्यस मा शशिरलाई  कुनै बाधा नहुने गरि बनाईएको  रहेछ। त्यस पछि मलाई पनि यसै गरी टिकटक बनाउन मन लग्यो र बनाए।  शशिरलाई कुनै भार नपारि आखा,कान ,मुख ,घाटि  लगाएतका  अंगहरु लाई चलाई एक दिन दुइ दिन गर्दै  मैले राम्रो राम्रो भिडियो बनाउने मौका पाए। मैले जति भिडियो बनाए  पनि दर्शकहरुले मन पराईदिनु भएको छ र अझै धेरै बनाउन आग्रह गर्नु हुन्छ त्यस मा मलाई झन् धेरै खुसी भएकी छु।

मेरो भिडियो सम्पूर्ण दर्शक हरुले मन पारिदिनु भएको छ ,र हजुर ले पनि मन पराएको कारण म सामु आउनु भयो त्यसको लागि धेरै धेरै धन्यबाद  पनि दिएकि छिन।

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७