आइतवार, अशोज ७, २०८०

डोरी फुकाउने प्रत्यक्षदर्शी मिडियामा, भोजराज पुगे सिंगापुरे लाहुरेकै घरमा (भिडियो सहित )

दाङ – बिहे भएको ३ महिना  नहुदै सोनु आफ्नो घरमै झुण्डिएको  अवस्थामा फेला परेकी छिन। सोनु  झुण्डिएको बेला घाटी को रशि  फुकाउने युवतीको  बयान यस्तो छ। सोनु एक इमान्दार व्यक्ति हुन। उनि मेरो छिमेकि हुन तर पनि हाम्रो घर आउने थिइनन्। उनको सासु ससुरा हरु आउनुहुन्थ्यो र हामी हरु पनि जाने गर्थौ।

बिहे पनि उनिहरुको  राम्रै भएको थियो र सधै हासी खुसि हुन्थिन। बिहे भए पछि पनि कहिले पनि झगडा  हुने थिएन। सबै संग उनको राम्रो सम्बन्ध थियो। सोनु को मृत्यु हुने दिन मा कपडा धोई राखको थिए सोनुको घर बाट कोहि रोहेको जस्तो आवाज आयो मैले झगडा भयो होला भनि वास्ता गरेन। पछि दाईले मान्छे झुन्डेको छ रे भन्नु भयो  त्यस पछि मा गए। म जादा ढोका  खोलेको थियो र सोनुको देवर ले उचाली रहनु भएको  थियो र मलाई दिदि अझै तातो हुनुहुन्छ डोरी फुकाउनु न भने पछि मैले  दुइ पटकमा  डोरी फुकाए।

मैले डोरी फुकाउदा  सम्म त प्राण  गैसकेको थियो ,र मैले आज सम्म मान्छे झुन्डेको देखेको थिएन आज मेरो हातले फुकाउनु पर्यो। सोनुको माइती पक्षबाट हत्या गरेको हो भन्ने कुरा सुनेको छु तर यो आत्महत्या जस्तो लाग्छ मलाई  । सोनुको घाटी मा डोरीले पाछेको जस्तो रातो डाम  देखिन्थ्यो। घर परिवारले यसको बाहिर लभ  थियो भन्नु भएको रहेछ तर मलाई त्यस्तो छ जस्तो लाको छैन।  र सोनु आत्महत्या गर्ने जस्तो मैले देखेको थिईन। उनको यस्तो अवस्था देख्दा मा छागा बाट खसेको जस्तो भएकी थिए।

भिडियो सहित हेर्नुहोस

 

 

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७