बिहिबार, चैत्र १५, २०८०

गुल्मीका युटुब पत्रकारितामा सकृय मोहन बस्नेत राष्ट्रिय मानपदवीबाट सम्मानित हुँदै ।

अमृता के सी, दाङ। पत्रकारिताको माध्यम बाट समाजसेवामा तल्लिन, गुल्मीका  युटुब पत्रकारितामा सकृय एक संचारकर्मी मोहन बस्नेत मन्त्री परिषद बाट सिफारिस भइ संविधान दिवसको अवसरमा जनसेवा श्री ( पन्चम) पदक  राष्ट्रपतिबाट सम्मानित हुने भएका छन।

समाजसेवा गर्ने क्रममा जब कृषि समबन्धिको भिडियो सामाजिक संजाल मा भाइरल भयो  र प्रधानमन्त्रि केपी शर्मा ओलीको हौसलाको बिषय बन्यो ।  कृषि पत्रकारिता मार्फत गाउँगाउँमा लुकेर रहेका कृषकहरुको रिपोर्टिङ गरि उत्कृष्ट कार्य गरेको भन्दै उहाँको कार्यदक्षताका आधारमा पुरस्कृत गर्न लागिएको हो ।

केहि समय आगाडी प्रधानमन्त्रि केपी शर्मा ओलीको फोन आएको कारण राष्ट्रिय  चर्चाको बिषय बनेका गुल्मीका पत्रकार बस्नेतले आफु जनसेवा श्री जस्तो  राष्ट्रिय मानपदवीको लागि   सिफारिसमा पर्दा धेरै खुशी भएका छन।  यो खुशीको साथसाथै  आफुलाई  अझै थप जिम्मेवारी थपिएको बस्नेत  बताउछन।

 

 

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७