शनिबार, साउन १२, २०८१

वडाध्यक्ष सहित ६ जनामा कोरोना देखिए पछि वडा कार्यालय र नगरपालिका शिल

अमृता के सी दाङ । देउखुरीको लमहीमा एकजना वडाध्यक्ष सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीले सोमबार बिज्ञप्ती जारी गर्दै लमही नगरपालिका अन्तरगतका एकजना वडाध्यक्ष सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ।

जसमा २ जना समुदाय स्तरका नागरिक पनि हुन् । लमही नगर क्षेत्रको समुदाय स्तरमा कोरोना पोजेटिभ देखिएको र लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलका अनुसार लमही नगरका समुदायमा १ सय ५० जनाको पिसिआर गरिएको थियो ।समुदाय स्तरमा २ जनामा पोजेटिभ रिपोर्ट आएका दुबै जना लमही नगरपालिका ५ नम्बर वडाबासी हुन् । त्यस्तै वडा नम्बर १, ४, ५ र ६ नम्बर वडाका १÷१ जनामा कोरोना पोजेटिभ देखिएको हो । २ जना समुदाय स्तरका र ४ जना भारतबाट आई नेत्रलाल स्मृतीको क्वारेनटिनमा बसेको बताइएको छ । उनीहरु सवै २३ देखि ६२ वर्ष उमेरका सवै पुरुष हुन् ।

लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षमा कोरोना पुष्टि भएसंगै  वडा कार्यालय र  नगरपालिका ७ दिन सम्मका लागि सिल गरिएको छ । वडाध्यक्षनै संक्रमित भएपछी नगरपालिका र वडा कार्यालय ७ दिनका लागि सिल गर्नु परेको लमही नगरपालिकाले जानकारी दिएको छ ।

नगर प्रमुख कुलबहादुर केसीका अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै नगरपालिका स्तरिय कर्मचारीको आन्तरिक काम हुने तर सेवाग्राही प्रबेशमा रोक लगाइएको बताए । असोज १२ गते ७ दिनका लागि सम्बन्धित वडा कार्यालय सहित नगरपालिका बन्द गरिएको नगरप्रमुख केसीले बताएका छन् ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७