बिहिबार, बैशाख १३, २०८१

पत्रकारले नवबिवाहित श्रीमती भगाइदिए पछि, २५ लाख सहित श्रीमती भागिन् भन्दै श्रीमान मिडियामा (भिडियो सहित)

अमृता के सी – दाङ।

झापा दमक–१ स्थित हवल्दार चोकका राजु न्यौपानेसँग विवाह गरेकी तारा बास्तोला २५ लाख बराबरको सम्पत्ति लिएर बेपत्ता  भएकी छिन ।गत असार १५ गते राजीखुसी विवाह गरेकी २४ वर्षीया तारा बाँस्तोला (न्यौपाने) ले २५ लाख बराबरको सम्पत्ति लिएर बेपत्ता भएको उनका श्रीमान राजु न्यौपानेले मिडियामा बताएका छन।  राजुका अनुसार गत असोज ३ गते दिउँसो १ बजे घरदेखि दमक–६ मा रहेको पसल जाने भनेर निस्किएकी उनी साझ सम्म पनि पसल नआएको  बताउछन।

पसल आउँछु भनेर फोनमा कुरा भएको थियो र श्रीमती बेलुकासम्म नआएपछि सम्पर्क गर्दा दमककै एउटा ब्युटी पार्लरमा कपाल स्टेट र कलर गर्देछु एक छिन पछि आउछु भनि म्यासेजमा भनेको हुदा मैले हुन्छ भने। तर उनि त्यस दिन पसल आइनिन, साझ सम्म पसल नआए पछि मैले फोन गरे पसल किन नआएको भन्दा उनले मलाई अब नखोज्नु मैले आफ्नो सुर गरे भन्दा मेरो होसनै उड्यो।

श्रीमतीको कुनै खबर नआए पछि राजु मिडिया मा आएका छन। हामी बुढाबुढी को कहिले नै झगडा हुने थिएन  घर परिवारमा सबै राम्रै थियो तर यो एक्कासि कसरि  भयो मा आफै नै अचम्म परेको छु। एक दिन हामी संगै थियौ श्रीमतीको माइती बाट फोन आयो म पनि कुरा गरे कुरा गर्ने क्रममा श्रीमतीको मोबाइलमा म्यासेजको  घन्टी बज्यो र मैले नाम मात्र देखे र उनले मोबाइल लागिन, मैले माग्दा उनले दीइनन र मोबाइल लगि बाथरूम गाइन र म्यासेज डिलेट गरिसकेपछि मलाई मोबाइल दिईन  र मैले नाम खोजि हेर्दा त्यो नाम को व्यक्ति ब्लक भएको रहेछ। मैले किन ब्लक गरेको भन्दा उसले मलाई नराम्रो कुरा गर्यो र पहिला मलाई मन पराउदो रहेछ त्यसैले ब्लक गरे  भनेकि थिइन। यति कुरा भने पछि मैले केहि भनेंन र उनको मोबाइलको लक मलाई थाहा थिएन ,दुइ दिन पछि श्रीमतीले स्कूटि  सिक्छु भने पछि मैले हुन्छ भने र मलाई भिडियो बनाउन भनेर मोबाइल दीईन र मैले फेरी त्यहि व्यक्तिलाई खोजि गर्दा अनब्लक भएर कुरा भएको रहेछ र मैले श्रीमती फेरी सोधे र म संग माफी माग्यो त्यसैले कुरा गरे भनेकी थिइन।

श्रीमती बेपत्ता भए लगत्तै मेरो १२ तोला सुन, १२ लाख रुपैया लगेकी छिन। मैले आफै किनेको ७  तोला सुन , उसको माइतीले दिएको २ तोला सुन र मेरो  आमा ,दिदि-बहिनीले मुख हेरेको ३ तोला सुन लगेको छ। ऋण भन्ने सबैको हुन्छ र मेरो पनि थियो , शुक्रबार जग्गा बेचे १२ लाखमा   आइतबार बैंक मा तिर्नु थियो र मैले  श्रीमतीलाई राख्न दिएको थिए तर श्रीमती सनिबारनै सबै सम्पति लगी बेपत्ता भइन।

घरको सिरानी मुनी चिठि  राखेर प्रेमीसँग गए भनि मलाई फोन मा भनिन , चिठीमा म पत्रकार प्रितम भट्टराईसँग गईसकेकी छु, ३ वर्षदेखि अफयेर चलिरहेको थियो । मेरो शरीरभित्र उसको रगत र उसको शरीरभित्र मेरो रगत छ, त्यसैले मलाई नखोज्नुहोला’ लेखिएको थियो। भगाउने केटा प्रितम कान्तिपुर पब्लिकेशनमा काम गर्दो रहेछ  उसले समेत म्यासेन्जरमा कल गरी  हामीलाई खोज्ने प्रयास गरिस भने मलाई मार्ने धम्कि दिएको छ। मैले मेरो  न्यायको माग राख्दै इलाका प्रहरी कार्यालय दमकमा त्यस सम्बन्धी जाहेरी दिएको छु।

भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७