बिहिबार, बैशाख १३, २०८१

दशैंको बेला चम्कियो ओली बुबाको नयाँ घर, जंगलको बिचमा अब यस्तो देखियो (भिडियो सहित)

अमृता के सी  दाङ तुल्सीपुर् उपमहानगर पालिका ४ सुनेलपुर जहाँ एउटा जंगल को बीच मा रहेको एउटा एक्लै झुपडी घर जसमा एक ६५ बर्षीय बुबा र तिन छोरि बस्ने गर्छन l आमा नभए पछि यो परिवारमा धेरै दुख थियो। कमाउने मान्छे नभए पछि सधै अरुको घर मा काम गरि मागेर गुजडा  चलाउथे। यसै बिच भोजराज थापा र  टिका सानु को टोलि उक्त घर मा पुगी केहि सहयोग गरेका थिए। सहयोग गर्ने क्रममा सहयोगको भिडियो बनाई सहयोगको पनि  माग गरेको हुनाले अहिले राम्रो घर बनाइ दशैंको बेला ओली परिवारलाई  नया घरमा बसालीएको छ।

श्रीमतीको निधन भए पछि ६५ वर्ष का बुबा गरिबीको कारण  जिबनमा राम्रो  खान र लाउन नपाएका यो परिवारले आफ्नो बनमा दर्ता नभएको कारण श्रीमती को लास जलाउन समेत  दाउरा नपाए पछि घरको आगनमै गाड्नु परेको थियो। खान नपाउदा र आमाको याद धेरै आउने भएको हुदा कान्छी छोरि मेरी आमा यहि छिन भनि गाडेको लास माथि सुत्ने,रुने गर्थिन।

जसोतसो बाचेका यो परिवारमा भोजराज थापा र टिका सानु भगवान बनि  त्यहाँ पुगे। एउटा सहयोग भिडियो बनाए लगत्तै देश-विदेश बस्ने मनकारी मन भएका ब्यक्तितोहरुले गर्दा आज ओली परिवारमा धेरै खुशी छाएको  छ। चुहिने घर बाट एक राम्रो घरमा बस्न पाउदा यो परिवारमा खुसि को सिमानै छैन। ओक्ष्यानमा थला परेका ओली बुबा हिड्न डुल्न सक्ने भएका छन। सहयोग गर्ने सबै दाजु-भाई ,दिदि-बहिनि,आमा-बुबा सम्पूर्णलाइ धेरै धेरै धन्यवाद पनि भनेका छन। यस भन्दा अगाडी बर्षका दशैं-तिहारहरु के हो केहि थाहा थिएन अब यस पटकको दशैंमा धेरै रमाइलो हुने भयो भन्दै धेरै खुशी भएका छन।

 

पुरा भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७