आइतवार, अशोज ७, २०८०

छोराले खुकुरी दिएपछि आमाले छप्काइन् ,बल्ल भेटीइन धनकुटामा साहसी महिला (भिडियो सहित)

धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका  १ कि  एक महिलाले एक पुरुष माथि खुकुरी प्रहार गरि हत्या गरेकी छिन। एकान्त  घर, घरमा अली ठुलो मान्छे नभएको मौका छोपी  राती ढोका ढकढक परेको बेला उक्त महिलाले ढोका नखोले पछि ढोका फोडी  महिला माथि बलात्कारको प्रयास गरेको अवस्थामा खुकुरी प्रहार गरिएको हो।

उक्त घरमा  आमा र छोरा  बस्ने रहेछन। श्रीमान भने केहि पैसा कमाऊछु र परिबारलाई खुसि राख्छु भनि  विदेशमा छन।  आमाले खुकुरी प्रहार गर्दा प्रत्यक्ष   देख्ने छोरा मिडियामा आएका छन।  मृतक लिल बहादुर गुरुङले बेला-बेला घरमा आइ ढोका ढकढक  पर्थ्यो। हामीहरु ढोका खोल्ने थिएनौ , यो पटक भने धेरै पटक ढोका खोल्नु भन्यो र आमाले को हो म ढोका खोल्दिन भन्दा पनि जबर्जस्ती ढोका फोडेरै  भित्र पस्यो र आमा माथि पर्यो। मेरो एउटा सानो खुकुरी थियो मैले आमालाई दिएको थिए। आमालाई लीलबहादुरले  भित्रनै बलात्कार  गर्न खोज्यो र आमाले नमाने पछि बाहिर निकालेर जंगल तिर लादै थियो र आमाले खुकुरी हानेकी हुन।

मेरी आमाले जे गरिन राम्रो गरिन तर छानबिनको लागि प्रहरीले लगेको छ, केहि गरि मेरी आमा दोषी त हुने होइनन भन्ने कुरा मा डर लागेको छ। आफु माथि कसैले नराम्रो सोच राख्छ भने त्यसले यस्तो सजाय पाउनै पर्छ र मात्र यस्तो अपराध बाट मेरी आमा जस्तै धेरै आमा ,दिदि ,बहिनि हरु बच्न सक्छन।

पुरा भिडियो हेर्नुहोस

 

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७