शुक्रबार, बैशाख ७, २०८१

कमलाले मारेको होइन भने कस्ले मा*र्यो ? त्यो ठाउँ हेर्दा धनकुटा का*ण्ड झनै रहस्यमय, गाउँलेको भनाई फरक (भिडियो सहित )

धनकुटा जिल्ला को महालक्ष्मी नगरपालिका १ कि एक कमला नाम गरेकी महिलाले  एक लिल बहादुर गुरुङ नाम गरेका पुरुष को खुकुरी प्रहार गरि हत्या गरेको खबर सामाजिक संजाल भरि पुगेको छ।  कमलाको छोराले राती  आमालाई बलात्कार गर्न खोज्यो र मैले खुकुरी दिए आमाले खुकुरीले हानेकी हुन भनेका छन भने गाउको वडा अध्य्क्ष र गाउका मानिसहरुले यस्तो घटना एक महिलाले मात्र कसरि घटाउन सक्छ भनेका छन।

गाउका व्यक्तिहरु भने कमला को बानि राम्रो थियो राम्रो संग घर गरेर बसेकी थिइन। आफ्नो रक्षाको लागि महिलाले यस्तो  कदम चाल्नु राम्रो हो र यहाँका महिला हरुको प्राय जसो सिरानी मुनि धारिलो हतियार हरु हुन्छ , भनेका छन।  लिल बहादुर  को बानि व्यवहार राम्रो थियन , लिल बहादुरले बिहे गरेको केहि बर्ष पछि उनकी श्रीमतीले  अर्को बिहे गरेको हुनाले यस्तो काममा लागेको हुन सक्ने बताएका छन। लिल बहादुर को शब भने घर देखि टाढा भेटिएको हुदा एक्लै महिलाले कसरि मार्न सक्छ  भन्ने शंखा जागेको छ।

प्रहरी प्रसासनमा मलाई बलात्कार गर्न खोज्यो त्यसैले आफ्नो रक्षाको लागि मैले खुकुरी प्रहार गरेकी हु भनेर कमलाले  बयान दिए पनि यो घटनामा अरु कसैको हात हुनुपर्छ भन्ने गाउलेको भनाइ छ किन भने कमलाको शरीर मा कुनै चोट छैन , शबको वरिपरि घास  माडीएको  छ। आफै भागेर आएको भए पनि टोपी खस्ने थियो तर टोपी लगाएको थियो त्यस कारण यो घटनामा अरु कसैको हात हुनु पर्छ।

पुरा भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७