शनिबार, बैशाख ८, २०८१

नेपालकै सबैभन्दा ठूलो चिडियाखाना ‘सदर चिडियाखाना’ (भिडियोसहित)

पुष १४, काठमाण्डौ । ललितपुर जावलाखेलको सदर चिडियाखाना, नेपालकै सबैभन्दा ठूलो चिडियाखाना । जहाँ दैनिक सयौंै पर्यटकले अवलोकन गर्दै आएका छन् । चिडियाखाना हाल राष्ट्रिय प्रकृति संरक्षण कोषको रेखदेखमा छ । चिडियाखानाको व्यवस्थापनको पाटोमा पछिल्लो समय केही सुधार देखिएको छ । तर अवलोकनकर्ता अझै सन्तुष्ट हुन सकेका छैनन् ।

विक्रम संवत् १९८९ मा तत्कालिन प्रधानमन्त्री जुद्धशमशेरले निजि चिडियाखानाको रुपमा स्थापना गराएका थिए । पछि सरकारले आफ्नो स्वामित्वमा लिएर सर्वसाधारणको लागि खुल्ला गरिएको यस चिडियाखानाको दैनिक सयौंै पर्यटकले अवलोकन गर्दै आएका छन् । चिडियाखानालाई सरकारले आफ्नो स्वामित्वमा लिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई रेखदेख गर्न दिइएको सोमबार २४ बर्ष पुगेको छ ।

सोही अवसरमा बन तथा बाताबरण मन्त्री एवम् राष्ट्रिय प्रकृति कोषका अध्यक्ष शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यमा कोषले आफ्नो बार्षिकोत्सब मनायो । बार्षिकोत्सब कार्यक्रममा चिडियाखानाको विकास र प्रर्बदनको लागि बन मन्त्रालय पूर्ण साथ र सहयोग गर्ने मन्त्री बस्नेतले प्रतिबद्धता जनाएका छन् ।

चिडियाखानाको अवलोकन गर्न दैनिक सयौं सर्बसाधारण आउने गर्छन् । विगतको तुलनामा पछिलो समय चिडियाखाना केही व्यवस्थित र सफा भएको सर्वसाधारणको अनुभव छ । जनावरको संख्यामा भने कमी आएको केही अवलोकर्ता बताउछन् । राष्ट्रिय चरा डाँफे, चित्तल, सर्पका प्रजातिहरु भने कम देखिएको अवलोकनकर्ताको गुनासो छ ।

सर्वसाधारणमा भएका यिनै गुनासो लाई हामीले चिडियाखानाका आयोजक व्यवस्थापक डा इश्वरीप्रसाद पोखरेलाई राख्यौ । उनले आउँदा दिनमा ती गुनासा संबोधन गर्दै सुधार गर्ने पक्षमा ध्यान दिने आश्वासन दिएका छन् ।

६ हेक्टरमा फैलिएको सदरचिडियाखानामा १ सय १२ प्रजातिका जीबजन्तु तथा चराचुरुङीहरु छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको मातहत रहेर २४ आंै बार्षिकोत्सब मनाउदा चिडियाखानाले आगामी दिनमा अनलाइन टिकट काट्ने व्यवस्थालगायतका भाबी योजना पेस गरेको छ । यस योजनालाई छिटो कार्यान्वायन गर्न सके भिजिट नेपाल ट्वान्टी ट्वान्टीको लागि पर्यटकहरुलाई अझ आर्कषित गर्न सकिनेछ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७