शनिबार, साउन १२, २०८१

दुधे बच्चा सहित चार सन्तान छोडी, आमा एका एक गायब, आमा भन्दै यस्तो गर्छन छोराछोरी (भिडियो सहित)

दाङ घोराहीको  हापपुरमा दुधे बच्चा सहित चार सन्तान छोडी  आमा बेपत्ता भएकी छिन। उनि कहाँ छिन के गर्दै छिन कसैलाई थाहा छैन। घर बाट हिडेको करिब महिनौ बिति सक्दा पनि कसैको सम्पर्कमा नआए पछि श्रीमती खोज्दिन श्रीमानको आग्रह छ।

 घर परिबारलाइ खुशी बनाउछु भनि बैदेशिक रोजगारीका लागि कुबेत  गएका यम बहादुर दुखि बनेर घर फर्किए। यम बहादुर कुबेत हुदा घरमा श्रीमती रक्सि खाएर मात्तिने,धेरै फोन गर्ने ,छोरा छोरि लाई गालि गर्ने ,बजार जादा केहि नल्याईदिने ,आफुलाई जे गर्न मन लागे पनि गर्ने उनको बानि थियो। यम बहादुरले खाडीमा कमाएको पैसाले मात्र नपुगेर गाउ भरि ऋण लगाएर चन्द्रकला बेपत्ता भएकी छिन। कान्छी छोरि गर्बमा रहदा एक पटक पर पुरुष संग पोइल गएकी थिइन। एक पटक सबैको गल्ति हुन्छ भनि   छोरा छोरिको मुख हेरेर माफी दिई घर ल्याएका थिए।

 बेला-बेला श्रीमती पोइल गइ रहदा र फिर्ता लिई रहदा घर परिवारसंग बोलचाल  बन्द भएको थियो। छोरा छोरि लाई पढ्न पनि नदिने ,कपडा नल्याईदिने ,खाली खुट्टा हिडाल्ने, गरेको कुरा यम बहादुरले मिडियामा बताएका छन। गाउघर मा ७ लाख ऋण लगाएको र आफुले कमाएको ५ लाख पैसा हिनाबिना पारेर बेपत्ता भएकी छिन। घरमा दुध खाने बच्चा छोडी गए पछि राति सुतेको अवस्थामा आमाको दुध सम्झी बाबुको छाती तान्दा यम बहादुर मर्नु न बाच्नु हुन्छन। धेरै पटक त आत्महत्या गर्ने प्रयास गरे तर छोरा छोरि को अवस्था देख्दा मर्न सकेनन।

श्रीमतीले भएको पैसा सबै लगेर गएको हुनाले घरमा खाने कुरा केहि छैन। खेति गरि खानको लागि पनि सम्पति छैन। बास त अरुको घर मा बस्दा रहेछन। खानको लागि बल्लतल्ल गुजडा चलेको छ। आउदै गरेको महान चाड कसरि मनाउने हो ,पैसा एक सुक्को छैन। राम्रो लगाउने ,राम्रो खाने  उमेरका छोराछोरि छन अब मैले कसरि यिनीहरुको इक्षा पुरा गरु भन्दै धुरुधुरु रुन्छन यम बहादुर।

जेठी छोरिको भनाइ अनुसार आमाले राति १२,१,२ बजे सम्म पनि केटा संग फोन मा कुरा गर्ने बताएकी छिन। रक्सि खादै खेतमा ,बाटोमा जहाँ पनि सुत्ने गर्नुहुन्थ्यो। मेरो नाम बाट फेसबुक र छिमेकि बहिनिको नाम बाट इमो खोलि धेरै केटाहरु सङ्ग कुरा हुन्थ्यो। आमाले हामीहरुलाई कहिले पनि माया गर्नु भएन। मलाई खाना बनाउन र बहिनीलाई भाडा माज्न भन्नु हुन्थ्यो र आफु भने दिन रात फोनमा व्यस्त हुनुहुन्थ्यो।

पुरा भिडियो सहित हेर्नुहोस

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७