शनिबार, साउन १२, २०८१

छोटो कपडा र अमिलो खान नपाएपछि घर बाट निस्किएकी छोरि ४ महिना बिति सक्दा घरमा नआए पछि (भिडियो सहित )

दाङ -दाङ देउखुरीको कौडिया बाट गएको साउन महिना देखि एक युवती बेपत्ता भएकी छिन। आफन्त ,इस्टमित्र  कसैको मा नभए पछि मालतीको बाबु आमा मिडियामा आएका छन। घरायसी कुरामा अलिअलि विवाद भए  पछि मालती घर बाट निस्किएकी हुन। मालती जम्मा १० कक्षा मा पढ्थिन्। उनलाई छोटो कपडा लगाउन मन पर्थ्यो तर आमा बाबुले लगाउन नदिए पछि उनि घर बाट निस्किएकी हुन।

धेरै छोटो कपडा लगाउन खोज्ने ,फेसनको लगाउन खोज्ने तर बाबु आमाले नदिए पछि घरमा झगडा भएको थियो। मालतीको दिदिले धेरै मालतीलाइ सम्झाई बुझाई गर्दा उल्टै दिदिलाई पनि हातपात गरेकी थिइन। दिदि लाई नराम्रो व्यवहार गरेको देख्दा मालतीको आमाले मालती  लाई पनि गालि गरेकी थिइन। आमाले गालि गरे पछि आमालाई राख्न दिएको २०० रुपैया पनि मागेर झोलामा कपडा राखेर अब मलाई नखोज्नु होला भनि निस्केकी थिइन। घर देखि कहिलै टाढा नगएकि  छोरि का नै जाली भनेर रिसको बेला फर्काउने कोसिस गरिन ,तर छोरि भने आज आउलि भोलि आउलि भन्दा भन्दै तीज गयो ,दशैँ गयो  ४ महिना बित्न लाग्यो छोरिको भने कुनै अत्तोपत्तो छैन।

मेरी छोरि धेरैनै रिसालु थिइ जति रिस भए पनि आज सम्म एक पटक म यहाँ छु भनि  भनि दिए पनि मन शान्त हुने थियो। छोरि भेटिन्छ कि भनि आफुले सके सम्म खोजे तर कतै भेटिएन  अब त मेरी छोरि बाचेको छे जस्तो लागेको छैन। यदि कतै कसैले देख्नु भएको छ घर जान भन्नु होला तिमि बिना आमा एक्लै भएकी छिन भनिदिनु होला भनि मालतीकि आमा मिडिया सामु रोएकि छिन। छोरि यतिका दिन सम्म घर नआए पछि मिडियाको सहायताले भेटिने आशमा बसीरहेका छन।

भिडियो सहित

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७