आइतवार, अशोज ७, २०८०

भोजराजले ४ महिना देखि हराएकी आफ्नै घर छेउकि १५ वर्षे मालतीलाई घर फर्काए (भिडियो सहित)

दाङ -४ महिना देखि हराएकी मालती  आज घर आएकी छिन। घर बाट झगडा गरि निस्किएकी मालती  प्युठान जिल्लामा अरु कसैको घर मा काम गरि बसेको रहेछिन। जब मालती हराएको भिडियो सामाजिक संजालमा पुग्यो त्यो भिडियो हेरे पछि मालाती घर आएकी हुन। घरको माया मारेकी मालतीलाई दिदीले बल्लतल्ल सम्झाई बुझाई गरि घर ल्याएकी हुन। मालती  दिदि संग झगडा गर्ने क्रममा आमा बीच मा आएर  म घर छोडेर गएको हु भनेकी छिन।

धेरै छोटो कपडा लगाउन खोज्ने ,फेसनको लगाउन खोज्ने तर बाबु आमाले नदिए पछि घरमा झगडा भएको थियो। मालतीको दिदिले धेरै मालतीलाइ सम्झाई बुझाई गर्दा उल्टै दिदिलाई पनि हातपात गरेकी थिइन। दिदि लाई नराम्रो व्यवहार गरेको देख्दा मालतीको आमाले मालती  लाई पनि गालि गरेकी थिइन। आमाले गालि गरे पछि आमालाई राख्न दिएको २०० रुपैया पनि मागेर झोलामा कपडा राखेर अब मलाई नखोज्नु होला भनि निस्केकी थिइन।

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७