शनिबार, साउन १२, २०८१

एकै दिन हराएका दाजुभाईको शव जयश्री खोलामा भेटियो

दाङ – गैंडाकोट ३ जयश्री खोलाको रहमा   भेटिएको २ वटा शव  गैंडाकोट २ बाट हराएको भनिएका दाजुभाई रहेको   छ । गैँडाकोट नगरपालिका वडा नं. २ एसपीएम टोलका वर्ष २६ का विजयबाबु पौडेल र वर्ष २१ का संगम पौडेल सोमबार विहानदेखि परिवारको सम्पर्क बाहिर रहेका थिए ।

विहान घरमा परिवारसँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्केका उनिहरु सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका थिए । तर उनीहरुको आज शव फेला परेको हो ।

पानी ल्याउन जयश्री खोलामा वाँधीएको बाँधबाट वनेको रह को किनारमा एउटा र पानीमा डुवेको अवस्थामा अर्को युवाको शव फेला परेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख  थापाले जानकारी दिनुभयो ।जंगलमा घाँस दाउरा गर्न आउनेले वडाअध्यक्ष शिवकान्त तिवारीलाई खवर गरेपछि उहाँले गैंडाकोट प्रहरीलाई खवर गर्नुभएको थियो । शव घटनास्थलमै रहेको छ । कपडा र चप्पल खोलेर पाखामा राखी  पौडी खेलेका थिए । विजयबाबु पौडेल भने डेढ महिना अगाडी मात्रै बिबाह बन्धनमा बाधिएका थिए।

 

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७