शनिबार, बैशाख ८, २०८१

हराएका दाजुभाई नै नसोचेको अवस्थामा फेला, जंगलको बिचमा पानीमा तैरिएको अबस्थामा भेटिए (भिडियो सहित )

दाङ – गैंडाकोट ३ जयश्री खोलाको रहमा   भेटिएको २ वटा शव  गैंडाकोट २ बाट हराएको भनिएका दाजुभाई रहेको   छ । गैँडाकोट नगरपालिका वडा नं. २ एसपीएम टोलका वर्ष २६ का विजयबाबु पौडेल र वर्ष २१ का संगम पौडेल सोमबार विहानदेखि परिवारको सम्पर्क बाहिर रहेका थिए ।

विहान घरमा परिवारसँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्केका उनिहरु सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका थिए । तर उनीहरुको आज शव फेला परेको हो ।

पानी ल्याउन जयश्री खोलामा वाँधीएको बाँधबाट वनेको रह को किनारमा एउटा र पानीमा डुवेको अवस्थामा अर्को युवाको शव फेला परेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख  थापाले जानकारी दिनुभयो ।जंगलमा घाँस दाउरा गर्न आउनेले वडाअध्यक्ष शिवकान्त तिवारीलाई खवर गरेपछि उहाँले गैंडाकोट प्रहरीलाई खवर गर्नुभएको थियो । शव घटनास्थलमै रहेको छ । कपडा र चप्पल खोलेर पाखामा राखी  पौडी खेलेका थिए । विजयबाबु पौडेल भने डेढ महिना अगाडी मात्रै बिबाह बन्धनमा बाधिएका थिए।

पानि देखि डराउने दाजुभाइ घर देखि करिब २ घण्टा हिडेर उक्त खोलामा आएका  थिए। उक्त खोलामा आफै आए वा अरु कसैले आउँन बाध्य बनायो त्यो अझै थाहा भएको छैन। आफन्तहरु भने मा अरु कसैले मारेको हो कि भन्ने उपसंखा जागेको छ किन भने भाइ  पानि बाहिर र दाइ पानि भित्र अनुहारमा चोट लागेको अवस्था मा फेला परेका थिए। कपडा,चप्पल पनि खोलेका थिए भने  भित्रि कपडा भने ३ वटा भएको कारण अरु कसैले यस्तो घटना घटाएको हो भनेका छन,भने घटनाको सत्यतथ्य छिटो निस्कियोस  पनि भनेका छन।

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७