शनिबार, साउन १२, २०८१

क्रान्ति सुब्बाको निर्माणमा ‘मन पराउँछु माया गर्छु’को म्यूजिक भिडियो सार्वजनिक

अमृता केसी, धरान, कात्तिक २२

क्रान्ति सुब्बाको निर्माणमा ‘मन पराउँछु माया गर्छु’को म्यूजिक भिडियो सार्वजनिक

‘हङकङभित्र’ पुस्तकका लेखक क्रान्ति सुब्बाको निर्माण तथा पूर्वेली गायिका सरिता राईको स्वर रहेको ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । धरानस्थित नेपाल पत्रकार महासंघ, सुनसरीको सभाहलमा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा प्रेम र रोदनलाई कलात्मक रुपमा समेटन खोजिएको छ भने आफूले मन पराएको मायालुलाई अङ्गालोमा बाँध्न नपाउँदाको पीडालाई समेत समेटिएको पाईन्छ । शिरकुमार साङपाङको छायाङ्कन तथा बसन्त उम्बु राईले सम्पादन तथा निर्देशन गरेको भिडियोमा गायिका सरिता राई, कृष्णकुमार राई र सविना लिम्बूले अभिनय गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि कलाकार प्रेम सुब्बा, गायक गंगा बरदान, मिना श्रेष्ठ लगायतले म्यूजिक भिडियोको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा हाल हङकङकमा रहेका निर्माता क्रान्ति सुब्बाले पुराना गायक गंगा बरदानलाई १० हजार रूपैयाँ सहयोग गरेका थिए । “नवप्रतिभाको संरक्षण, प्रवर्द्धन हाम्रो अभियान” भन्ने उदेश्यले गीतको म्यूजिक भिडियोको निर्माण गरिएका निर्माता हङकङभित्रका लेखक क्रान्ति सुब्बाले जानकारी गराउनुभयो ।

पुरा म्युजिक भिडियो हेर्नुहोस् >>>>>

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७