बिहिबार, चैत्र १५, २०८०

दाङको देउखुरीमा गुडिरहेको बसमा एक्कासी आगोलागि

अमृता केसी, दाङ कात्तिक २७

दाङको देउखुरीमा बिहीबार साँझ गुडिरहेको बसमा एक्कासी आगलागी भएको छ । पोखराबाट तुलसीपुर तर्फ जाँदै गरेको ना ५ख ३६६ नम्बरको यात्रुबाहक बसमा अचानक  आगलागी भएको हो ।

कालाकाटे र धानखोला बीचको जंगल क्षेत्र रहेको स्थानमा उक्त बसमा आगलागी भएको अस्थायी प्रहरी पोष्ट कालाकाटेका प्रहरी प्रमुख उज्जवल शाहले जानकारी दिए । आगलागीबाट बस जलेर पूर्ण रुपमा  खरानी भएको छ ।

बसको ईञ्जिनमा वाईरिङ्ग सट भएर आगलागी भएको र बसमा २३ जना यात्रु सवार थिए । आगलागीबाट यात्रुहरुलाई भने केही नभएको र सबै यात्रु सकुसल रहेको प्रहरीले जनाएको छ ।आगलागीबाट बस भित्र रहेको यात्रुहरुको समान समेत जलेर पूर्ण रुपल े खरानी भएको छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७