शनिबार, साउन १२, २०८१

चितवन-अष्ट्रेलिया,रबि रन्जना का*न्डको १ वर्षपछि भयो फैसला,अन्तत रन्जना दोषी ठहर (भिडियो सहित)

अमृता केसी ,दाङ

चितवनको रबि रन्जना घटना सामाजिक संजालमा धेरैनै चर्चित घटना हो। बिबाह गरेपछि पढ्नको लागि अस्ट्रेलिया गएकी रन्जनाले धोका दिएको भन्दै उनका श्रीमान रबि रुवालीले देह त्याग गरेको बताइएको थियो। दिदीको बिबाहको लागि नेपाल आएकी रन्जनाले श्रीमानलाई बेवास्ता  गरेको कारण छोराले देह त्याग गरेको भन्दै रन्जना बिरुद्ध उजुरी दिएका थिए।

रबिका बुबाले रन्जनालाई दो*षी ठहर गरेको  बताएका छन। उनले आफुहरुले अपेक्षा गरे अनुसारको फैसला नभए पनि केहि आशिक न्याय पाएको बताएका छन।  रविको पक्षमा फैसला  भएको उनको भनाइ छ। बुबाका अनुसार :रन्जनाले म निर्दोष छु भन्दै आएको बेलामा अदालतले ५ बर्ष कैद सजाय सुनाएको थियो ।

अहिले रन्जनालाई दोषी ठहर गरेको छ। त्यो हिसाबले हामीले न्याय त पायौ तर हाम्रो छोरा त फर्केर आउदैन। अदालतले दोषी ठहर गरेको छ भनेको छ तर त्यसले के बुझाउछ त्यो मलाई थाहा भएन। उनले भने ,उसलाई २३ दिनको कैद ,एक हजार रुपैया जरिवाना , २१ लाख नगतको ब्याज सहित फिर्ता गर्नु पर्ने फैसला अदालतले गरेको छ। रबि का बुबाले रन्जनाको लागि करिब ५० लाख भन्दा  बढी खर्च गरेको बताएका थिए र ५ बर्षको कैद सजाय पनि मागेका थिए।

भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७