शुक्रबार, अशोज १२, २०८०

तिहारमा रबि दाईलाई सम्झिदै बुहारी अस्मिता, रन्जनालाई अदालतले दोषी ठहर गरेपछि (भिडियो सहित)

अमृता केसी ,दाङ

चितवनको रबि रन्जना घटना सामाजिक संजालमा धेरैनै चर्चित घटना हो। बिबाह गरेपछि पढ्नको लागि अस्ट्रेलिया गएकी रन्जनाले धोका दिएको भन्दै उनका श्रीमान रबि रुवालीले देह त्याग गरेको बताइएको थियो। दिदीको बिबाहको लागि नेपाल आएकी रन्जनाले श्रीमानलाई बेवास्ता  गरेको कारण रबिले देह त्याग गरेको भन्दै रन्जना बिरुद्ध उजुरी दिएका थिए।

रबिकि  बुहारीले  रन्जनालाई दो*षी ठहर गरेको  बताएकि  छिन । उनले आफुहरुले अपेक्षा गरे अनुसारको फैसला नभए पनि केहि आशिक न्याय पाएको मा अलि खुसि र केहि दुखि भएको कुरा गरेकी छिन।  अहिले रविको पक्षमा फैसला  भएको उनको भनाइ छ।

अहिले रन्जनालाई दोषी ठहर गरेको छ। त्यो हिसाबले हामीले न्याय त पायौ तर हाम्रो दाइ  त फर्केर आउनुहुदैन। अदालतले दोषी ठहर गरेको भए पनि उसलाई २३ दिनको कैद ,एक हजार रुपैया जरिवाना , २१ लाख नगतको ब्याज सहित फिर्ता गर्नु पर्ने फैसला अदालतले गरेको छ।  रन्जनाको लागि करिब ५० लाख भन्दा  बढी खर्च भएको रबिकि बुहारीको भनाइ छ।

पुरा भिडियो सहित हेर्नुहोस

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७