शनिबार, साउन १२, २०८१

“अनुहार जले पछि बिहे हुन्न भन्थे,” तर भीमा कार्कीको सबैलाई चकित पार्ने स्वर(भिडियो सहित)

दाङ -दाङको गढवा गाऊपालिका पर्शाकि एक मिठो स्वर  भएकी  युवती मिडियामा आएकी छिन। २३ बर्षकि भिमा कार्कीको स्वरमा जादु छ।  सानै उमेर देखि गाउन र पढ्न रुचाउने भीमाको घरको आर्थिक अवस्था कम भएको हुनाले बीचमै पढाई छोड्नु परेको थियो।

के अनुहारको चमक्ता मात्रै सुन्दरता हो ? भित्री मन भएका र अदभुत क्षमता भएका व्यक्तिहरु किन यति धेरै पछि परेका होलान ?भीमा पढ्न नपाउने मात्र कहाँ हो र सानै उमेरमा आगोमा परेर भीमाको अनुहार जल्यो  ।आगोले अनुहारमात्र जलायो तर मन र क्षमता भने जिवितै बनायो। आगोले जलेको अवस्थामा उपचार गर्न नपाएको हुनाले भीमाले अहिले धेरै दुख पाउनु परेको छ। बेला-बेलामा भिमाको मुख पाक्ने ,पोल्ने गर्छ। अझ खाने कुराको घटबढ  भयो भने झन् धेरै पिडा हुन्छ। यस्तो पिडामा पनि उनलाई त नराम्री,तेरो बिहे हुदैन ,त माइतीमै बस्नु पर्छ ,तलाई  कसैले मन पराउदैनन् भनि पिडा थपिदिन्छन।

२३ बर्षकि भीमाले मिठो गीत गाउछिन तर उनको प्रतिभाको तगारो बन्यो आफ्नै अनुहार। मान्छेको अनुहार राम्रो नभएर के भयो त मन त सफा भने आफु त्यसै रम्रो भइन्छ। यदि म राम्री थिए भने मैले अहिले सम्म गीतहरु धेरै रेकर्ड गर्थे। म संग धेरै कला छ तर अहिले मेरो अनुहार यस्तो भएको कारणले मलाई धेरै पछि पर्नु परेको छ। मेरो यस्तो अनुहार भए पनि मैले एक दिन गीत रेकर्ड गरि  सबै सामु पुर्याउने मेरो धोको छ। मलाई नराम्रो भन्नि हरु सामु मैले केहि गरि देखाउन मन छ।

गीत हरु मलाई धेरै गाउँन मन पर्छ। खालि समयमा गीत हरु गाउने गर्छु,धेरै लोकदोहोरि गीतहरु गुनगुनाउने गर्छु। मलाई आफ्नै स्वर सुन्दा पनि छिट्टै गीत रेकर्ड गर्न मन लाग्छ तर पैसाको कारण रेकर्ड गर्न सकेको छैन।

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७