शनिबार, साउन १२, २०८१

हिम्मतवाली छोरी,जसले बुबाको लागि कपाल फालेर यस्तो सम्म गरिन् (भिडियो सहित)

दाङ-दाङको  घोराहीमा बुबाको निधन पछि एक छोरि क्रिया बसेकी छिन।४५ बर्षका राजु प्रसाद नेपाली सुगर र प्रेसर बाट ग्रसित नै थिए। राजु बेला-बेला धेरै नै बिरामी हुने गर्थे। अहिले राजुको निधन भएको छ , बुबा आमाको  निधन पछि छोरा मात्र क्रिया बस्ने चलनलाई अन्सुले  बदलेकी छिन।सानो परिवार मा तिन छोरिको मात्र जन्म भएको थियो। जेठी छोरिको बिहे भैसकेको थियो भने बाकी दुइ छोरि बुबा  आमा संगै थिए।

अन्सुको बाबा धेरै नै रोगी थिए ,रोगी भएको कारण उनले आफु कहिले सम्म बाच्ने थाहानै थिएन। सधै छोरिलाई मेरो छोरा-छोरि जे भने पनि तिमिहरुनै हौ ,यदि म छिट्टै मरे भने मेरो क्रिया तिमीहरुनै बसे, मेरो सम्पति खाने तिमिहरुनै हौ। अरु कसैलाई क्रिया बस्न नदिए भन्नुहुन्थ्यो।

अन्सु भन्छिन,मेरो बाबा त बित्नु भयो जेठी दिदिको बिहे भैसक्यो कान्छी बहिनि सानै छिन ,अलि बुज्ने भनेको म नै हो त्यसैले छोरा-छोरि जे भए पनि मैले नै यो कर्तब्य पुरा गर्नु पर्छ  लाग्यो र म क्रिया बसे। मलाई छिमेकि ,आफन्तहरु   धेरै जनाले छोरि मान्छे क्रिया बस्नु हुदैन ,बाबाको ला*स  बोक्नु हुदैन , कपाल फालेर क्रिया बस्नु हुदैन भन्नु भयो तर मैले मानेन। मेरो बाबाको क्रिया म सबै प्रकिया पुरा गरि बस्छु  भनि म क्रिया बसे। लामो कपाल नकाट,जाडो छ खोलामा  नुहाउन सक्दैनौ , क्रिया बस्दा धेरै गार्हो हुन्छ  क्रिया नबस भनि आफन्तीले भन्दा पनि म क्रिया बसे।

मलाई लामो कपाल फालेकोमा कुनै दुख छैन ,छोरि भएर पनि छोराको काम पुरा गरेकी छु, म त्यसैमा खुसि छ। क्रिया बसे पछि मलाई कसैले केहि भन्नु भएन ,क्रिया बस्दा  अलि-अलि गार्हो हुदो रहेछ।  हाम्रो सात दिनको चोखिने दिनमा भने छोरि बिहे गरेर जाने जात हो छोरीले दान नगरेको भए हुने जस्ता कुरा भएको थियो। तर मैले नै सबै गरे। मलाई लाग्छ छोरिले एक दुइ शब्द बोलेर अगाडी  बढ्ने हो भने कसैले केहि गर्न सक्दैन।

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७