शनिबार, साउन १२, २०८१

दाङ देउखुरीमा २८ वर्षीय नातीले आफ्नै ८४ वर्षीय हजुरआमाको गरे ह*त्या

अमृता केसी दाङ , गढवा ९ मंसिर। दाङ देउखुरीमा आफ्नै हजुरआमालाई नातीले ह*त्या गरेका छन् ।  गढवा गाउँपालिका–१ चिसापानी बस्ने २८ वर्षीय जीवन घर्तीले आफ्नै  ८४ वर्षीय हजुर आमा केशरी घर्तीलाई दाउराको चिर्पट प्रहार गरी ह*त्या गरेका हुन् । ह*त्या  गरेको अभियोगमा उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । मानसिक सन्तुलन गुमाएको बताइएका जिवनले आफ्नै हजुरआमा, २८ वर्षीय श्रीमती, ९ वर्षीय छोरा, ६ वर्षीय छोरी र ३० वर्षीय दाजु समेत ५ जनालाई घरमा सुतिरहेको अवस्थामा एक्कासी चिर्पटले टाउकोमा हानी घाइते बनाएका थिए ।

उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट कालाकाटेबाट खटिएको प्रहरीले जीवनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी केशरी घर्तीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृ*त्यु भएको हो । कुटपिटबाट सामान्य घाइते भएका उनका दाजुको स्थानीय स्तरमा र गम्भीर घाइते भएका अन्य ३ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७