शनिबार, साउन १२, २०८१

दयाहाङले छाडेपछि ‘लप्पन छप्पन–२’ मा भित्रिए दुई नयाँ कलाकार

काठमाडौं – फिल्म ‘लप्पन छप्पन २’को छायाँकन अहिले अस्ट्रेलियाको सिड्नीमा भइरहेको छ । छायाँकनरत समयमै अभिनेता दयाहाङ राइले आफ्नो व्यस्तता देखाउँदै केही दिन अगाडि फिल्म छोडेका थिए ।

अहिले यो फिल्ममा दुई नयाँ कलाकार भित्रिएको निर्माण युनिटले सार्वजनिक गरेको छ । फिल्मा पुरानो अभिनेता शिव श्रेष्ठका छोरा शक्ति र सुपर गुरुङ भित्रिएका छन् ।

फिल्ममा शक्तिले पुलिसको र सुपरले ग्याङस्टरको भूमिका निर्वाह निर्माण युनिटले जानकारी दियो ।

मुकुन्द भट्टको निर्देशन रहेको फिल्ममा सौगात मल्ल र अर्पण थापा, अनुप विक्रम शाही, केरोलिन कोलिन्डा, सृजना सिना लगायतको समेत फिल्ममा अभिनय देख्न सकिनेछ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७