शनिबार, साउन १२, २०८१

काठै काठले बनेको अचम्मको साइकल ,राजाले दिएको २५ सय पुरस्कार अहिले करोडौं भयो(भिडियो सहित)

दाङ – मोरङ जिल्ला लेटांग ३ कमलपुर स्थित  मोनीहर्क राईले एक अचम्मको साइकल बनाएका छन। उक्त साइकल पुरै काठले बनेको छ। मोनीहर्क आफुले बनाएको साइकलमै हिड्न मन पराउछन्। २०४२ सालमा मोनीहर्कले ज्याला मजदुरी गरि दिनको रु.२ कमाई रु ७००  मा एउटा साइकल किनेका थिए।

उक्त साइकल उनको रहर पुरा नभई चोरी  भयो र फेरी अर्को नया साइकल किन्ने उनको हैसियत भएन। धेरै दुख गरि किनेको साइकल चोरि भए पछि अब उनलाई के गरौ ,कसो गरौ ,काममा कसरि जाने भन्ने कुरा को चिन्ता भयो। बल्लतल्ल मिस्त्री काम गरेका मोनिहर्कले काठ बाट साइकल बनाउने निधो गरे। धेरै पटकको  प्रयास पछि एउटा साइकल तयार भयो। केहि महिना त्यै साइकल चलाए र साइकल चलाउने क्रममा २०४४ सालमा राजा श्री ५ बिरेन्द्र गाउमा आएको बेला गाउलेले देखाउनु पर्छ भने र उनले  देखाए। राजा बिरेन्द्रलाई उक्त कला मन पराए स्वरूप २५०० पुरस्कार दिएर उनको हौसला अझै बढाएका थिए।

राजाले खुसि भएर २५०० र गृहमन्त्रि नबराज सुबेदीले ५०० पुरस्कार दिएका थिए। २०४४ सालमा ३००० पुरस्कार पाएका मोनिहर्कले उक्त पैसाले जग्गा किनेका थिए। १५०० आफुले थपेर ४५०० मा किनेको जग्गाको मूल्य अहिले करोडौ पर्छ। करोडौको मालिक भएका मोनीहर्क अहिले सम्म उही काठको साइकलमा हिडडुल गर्छन।

पुरा  भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७