मङ्लबार, अशोज १६, २०८०

टिकटक बनाउदा झोलुङ्गे पुलबाट खसेपछि दाङमा हेर्नुस्(भिडियो सहित)

दाङ -दाङमा टिकटक बनाउने क्रममा झुलुङ्गे पुल बाट लडेर एक जना गम्भीर घाइते भएका छन। शनिबार दिउसो दुइ बजे तिर बबईगाउपलिका ५ हापुरस्थित पुरन्धरा छहरा नजिक रहेको झुलुङ्गे पुलमा टिकटक बनाउने क्रममा तुल्सीपुर उपमहानगरपालिका -१९ बिजौरी निवासी १४ बर्षिय रमेश थापा गम्भीर घाइते भएका हुन।

शनिबार रमाईलो गर्ने भन्दै २५/२६ साथिहरु मिलेर पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका थिए। त्यही समयमा थापा टिकटक बनाउने भन्दै बबई नदीको माथि राखीएको झुलुङ्गे पुलमा रखिएको सपोर्ट तारमा झुन्डिएका थिए। धेरै बेर उनि तारमा झुण्डिए र फर्किन नसके पछि उनको हात गलेको हुनाले उनि बगरमा लड्न पुगे।

लगभग २५ मिटर माथि पुल बाट खसेका थापा भने गम्भीर घाइते भएका छन।

पुरा भिडियो हेर्नुहोस

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७