शुक्रबार, चैत्र १६, २०८०

टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेका युवकको मृत्यु

दाङमा टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ।शनिबार रमाईलो गर्ने भन्दै २५/२६ साथिहरु मिलेर पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका थिए। त्यही समयमा थापा टिकटक बनाउने भन्दै बबई नदीको माथि राखीएको झुलुङ्गे पुलमा रखिएको सपोर्ट तारमा झुन्डिएका थिए। धेरै बेर उनि तारमा झुण्डिए र फर्किन नसके पछि उनको हात गलेको हुनाले उनि बगरमा लड्न पुगेका थिए।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका २४ वर्षीय रमेश थापाको कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान मृत्यु भएको हो ।

शनिबार दिउँसो करिब २ बजे बबई गाउँपालिका वडा नम्बर ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा ती युवक खसेका थिए ।

भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७