शनिबार, बैशाख ८, २०८१

श्रीकृष्णको उपनामले चिनिने प्रकाश चन्द हिरो बन्दै, रातारात भोजराज प्रकाशको घर पुगे (भिडियो सहित)

दाङ – कंचनपुर जिल्ला बेलौरि नगरपालिका वडा नं ५ रामनगर मा एक सामान्य परिवार मा जन्मेका प्रकाश चन्द  हेर्दा  स्वर्गीय नायक श्री कृष्ण श्रेष्ठ जस्तै देखिन्छन्। देखिनु मात्र कहाँ हो र उनले अभिनय,कला  पनि जस्ताको जस्तै गर्ने गर्छन। श्री कृष्णले  खेलेको फिलिमका मन छुने भनाइहरु उनले जस्ताको तस्तै भन्छन।

श्री कृष्ण श्रेष्ठ हामी माझ नभएता पनि उनको अभिनय ले उनको सम्झना झाल्काएको छ। सामाजिक संजालको सम्पूर्ण माध्यमहरुमा प्रकाश श्री कृष्ण श्रेष्ठको रुप मा चिनिएका छन्।  उनको घरको अवस्था कम्जोर भएको कारण उनि अझै खुलेर चिनिएका छैनन्। प्रकाश चन्दले आफुले दोस्रो जन्म पाएको बताउछन। किन कि उनि बर्खामा आउने बाढीको कारण उनलाई बाढीले बगाएको थियो।

बल्लतल्ल उनले रुख समाती रात भरि पानिमा भिजि उनि बाच्न सफल भएका थिए। घरमा सामान्य कुखुरा को मासु बेची उनले जिबन चलाएका  छन। उनि सामाजिक संजालमा भाइरल  भएता पनि उनलाई कुनै अबसर आएको छैन। यसै क्रममा प्रकाशलाई भोजराजले एउटा म्युजिक भिडियोमा खेल्ने अबसर मिलाएका छन्। गायक सम्राट चौलागाईको स्वर मा रहेको गीतमा प्रकाशले अभिनय गर्ने भोजराज थापाले जानकारी दिएका छन। प्रकाश चन्दले खुसि हुदै सबैजनालाई  धन्यवाद पनि व्यक्त गरेका छन।

पुरा भिडियो हेर्नुहोस

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७