बिहिबार, मंसिर २२, २०७९

पुरा भयो प्रकाशको हिरो बन्ने सपना, भेटे सुहाउने जोडी, श्रीकृष्णको याद दिलाउने भिडियो बन्यो(भिडियो सहित)

दाङ -कंचनपुर जिल्ला बेलौरि नगरपालिका वडा नं ५ रामनगर मा एक सामान्य परिवार मा जन्मेका प्रकाश चन्द  हेर्दा  स्वर्गीय नायक श्री कृष्ण श्रेष्ठ जस्तै देखिन्छन्। देखिनु मात्र कहाँ हो र उनले अभिनय,कला  पनि जस्ताको जस्तै गर्ने गर्छन। श्री कृष्णले  खेलेको फिलिमका मन छुने भनाइहरु उनले जस्ताको तस्तै भन्छन।

प्रकाशको कला देखे पछि गायक सम्राट चौलागाईंले एक अवसर दिनु पर्छ भनि आफ्नो गीतमा खेल्ने अवसर दिएका छन। अवसर पाए  लगत्तै प्रकाशलाई भोजराज थापाले काठमाडौँ सम्म लैजाने व्यवस्था मिलाएपछि उनि म्युजिक भिडियोमा  खेल्न लागेका हुन। ‘तिम्रो काख मेरो लागि रुइको सिरानी ‘नामक गीतमा मोडेल गीता ढुंगानासंग अभिनय गरेका छन। यो प्रकाशको पहिलो भिडियो भएको कारण एकदम राम्रो भएको छ भनी उनले भनेका छन।

सोहि भिडियो ‘ सम्राट चौलागाईं ‘ samrat chaulagain youtube channel  बाट सार्बजनिक हुदै छन। भोलि १२ गते आइतबार दिउसो ४ बजे उक्त च्यानल बाट सोहि भिडियो सार्बजनिक हुदै छ।

पुरा भिडियो हेर्नुहोस

 

© 2022 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७