मङ्लबार, अशोज १६, २०८०

आमा, छोरा एकातिर झुन्डिएको फेला, खबर सुन्ना साथ बुवा भिरबाट हाम्फाले (भिडियो सहित)

दाङ। नौबहिनि गाउपालिका वडा नं. २ लिघामा एकै परिवारका तिन जनाको मृत्यु भएको छ। दश महिनाको छोरा सहित श्रीमती उतिसको रुख मा झुण्डीएको र यो सब थाहा पाएपछि श्रीमान् पनि भिर बाट हाम फालेका थिए।

मृतकका बुबाको अनुसार घरमा कहिले काही छोरा-बुहारीको घरायसी कुरामा झगडा हुन्थ्यो। बुढा-बुढीको झगडा त हो हामि किन बोल्ने आज हामि बोलेर केहि भने पनि भोलि तिनीहरु एक हुन्छन भनेर हामिहरुले केहि भन्ने थिएनौ। घरको काम सबै हामिनै गर्दथ्यौ बुहारीलाई केहि भन्ने थिएनौ , सानो छोरा छ त्यसैको स्याहारसुसार मात्रै गर्थी। अहिले केहि नगरे पनि पछि आफ्नो हातमा हुन्छ अनि गर्छन भनि हामीहरु केहि भनेका थिएनौ।

के कारणले हो हामीहरुलाई केहि थाहा छैन बुहारीले यस्तो निर्णय लिन पुगेको , के पुगेको थियन र यस्तो गरिन ,त्यो सानो बालकको के गल्ति थियो र उसलाई पनि संगै लागेको  होला। भन्दै रुदै मिडिया  सामु दुख पोखेका छन।

पुरा भिडियो हेर्नुहोस

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७