शुक्रबार, चैत्र १६, २०८०

ससुराली गएका छोरा हराएपछि सासु – बुहारी बिच रुवाबासी भोजपुर पुगेर भोजराज थापाले देखाए यस्तो (भिडियो सहित)

दाङ -भोजपुर जिल्ला अरुण गाउपालिका वडा न.६ जरायटार  निवासी ३० बर्षका टेक बहादुर कार्की ४ बर्ष देखि बेपत्ता भएका छन्। दशैंमा ससुराल श्रीमती संग टिका लगाउन गएका टेक बहादुर काठमान्डौ जान्छु धेरै काम छ भनि गएका थिए। काठमाडौँमा मेरो फ्याक्ट्री छ ,हामी ६/७ जना मिलेर खोलेका छौ मलाई जसरि पनि जानु पर्छ ,मेरो फोन आएको आएई  छ  भनि ससुराल बाट गएका थिए।

श्रीमतीले मलाई घर सम्म लैजानु त्यस पछि जानुहोला भन्दा तिमि अहिले माइतीमै बस म तिहारमा लिन आउछु भनेका रहेछन। काठमाडौँ पुगे पछि एक कल फोन त भयो म पुगे भनेर त्यस पछिको फोन मा  मलाई फोन नगर्नु अब यो नम्बरमा फोन लाग्दैन भनेका थिए। श्रीमतीले केहि काम मा व्यस्त भएकोले होला यस्तो भनेको आफै गर्नुहुन्छ भनि बाटो हेरिन तर फोन भने कहिले आएन।

घरमा झगडा कहिले हुने थिएन ,छोरा ६ महिना हुदा गएको अहिले ६ बर्षको छोरा हुदा पनि केहि अत्तोपत्तो छैन। घरमा बुढा बा-आमा हुनुहुन्छ ,बुढेसकालमा छोरो  कहाँ गयो छोराको अनुहार हेरेर मर्न पाए हुन्थ्यो भनि पीर गरिरहनु हुन्छ। मेरो बिहे भएको ७ बर्ष भैसक्यो अहिले सम्म बिहे दर्ता भएको छैन। बिहे दर्ता बनाऊ भन्दा पनि केहि वास्ता नगर्ने , घर भन्दा बाहिर बस्ने ,अलि अलि भएको सुन पनि ब्यापार गर्छु भनि लगेका बेचेर खाइदिए। केटीलाई धेरै फोन गर्ने,फेसबुकमा केटिका फोटो धेरै हाल्ने गर्थे मैले धेरै सम्झाउदा पनि साथि हुन भन्थे। मेरो विचारमा अर्को बिहे गरेर बसेका हुन सक्छन। जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ सम्पर्क गर्नुहोस घर आउनुहोस छोरा पढ्न पाएको छैन ,बा-आमा रोहिरहनु भएको छ तपाइलाई म संग बस्न मन छैन भने म घर छोडी जान्छु भनि श्रीमतीले भनेकी छिन।

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७