शनिबार, साउन १२, २०८१

श्रीकृष्ण श्रेष्ठको आभास दिलाउने प्रकाश चन्द फिल्ममा खेल्दै , हिरो हुने भए प्रकाश चन्द ।

दाङ- नायक स्व. श्री कृष्ण श्रेष्ठको आभास दिलाउने प्रकाश  चन्द पहिलो पटक नेपाली फिल्मीमा खेल्न लागेका छन। क्लसिक फ्रेमको प्रस्तुतिमा सुधन धितालको  निर्माणमा  रहेको नेपाली कथानक चलचित्र ‘तिम्रो हुने कहिले’ बन्ने भएको छ । यस् चलचित्रलाई निर्देशक राजु गिरिले  निर्देशन गर्दैछन । अबबाट राम्रो कथावस्तु भएमात्र चलचित्र निर्देशन गर्ने धारणा राखेका उनले यो चलचित्र २ वर्षपछी निर्देशन गर्न लागेका हुन् ।

श्याम खत्री निर्माता रहने यस  चलचित्रमा नृत्य रामजी लामिछाने र सुनिता बस्नेत छांयाकन रामकृष्ण, सम्पादन ललित सिंह साउदले गर्ने भएका छन् । एक करोडको लगानिमा  बन्ने चलचित्रमा नेपालका चर्चित नायक स्व. श्री कृष्ण श्रेष्ठ जस्तै देखिने नव प्रतिभावान कलाकार प्रकाश् चन्दलाई लिएर सम्झौता गरिएको छ ।

निर्देशक गिरीले जन्माएका धेरै संगीतकार तथा कलाकार अहिले शिर्ष स्थानमा कार्यरत छन । यो फिल्ममा कलाकार स्व. श्री कृष्ण श्रेष्ठको झल्को मेट्ने गरि टिकटकबाट  भाइरल प्रकाश् चन्दलाई पहिलो चोटी निर्देशक राजु गिरीले डेब्यु गराएका हुन् ।

त्यस्तै नायिका करुणा पाण्डे, मिना जि सि।,सबिन बास्तोला ,सुधन धिताल र ललित सिंह साउद फाइनल भएका छन् भने अरु नायक नायिका फाइनल हुन बाँकी रहेको निर्माण पक्षले बताएको छ । चलचित्रको छांयाकन माघको २ गतेबाट शुरु हुने कुरा निर्माण पक्षले जानकारी गराएको छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७