शुक्रबार, चैत्र १६, २०८०

के छ हजुर भन्ने सचिन परियार र रबिनाको कडा दोहोरी, सचिनले भने बल्ल पुतली भेटे

गुल्मीका एक ९ बर्षीय बालक सचिन परिवार अहिले सामाजिक संजालमा निकैनै भाईरल भएका छन। ९ बर्षको सानो उमेरमै आमा बाट  छुट्टीएका सचिनले पढ्न लेख्न पाएका छैनन। बुबाको केहि पेसा नभएको कारण पनि सचिनलाई पढाउन  सकेका छैनन। अलिअलि कमाएको पैसा पनि घर खर्च चलाउन  ठिक्कै हुन्छ।

आमा अरु संग पोइल गए पछि बुबाले अर्को बिहे गरेका छन। अर्को बिहे गरेको हुनाले पनि सचिनले पढ्न पाएका छैनन्। पढ्नमा एकदम रुची राख्ने सचिन घरको आर्थिक अवस्था कम्जोर भएको कारण पछि परेका छन। ९ बर्षको उमेरमै सचिनमा मिठो स्वर र मिठो बोल्ने शैली भए पछि सबैले उनलाई मन पराएका छन। सचिनले धेरै मिडियाहरुमा अन्तरबार्ता दिएपछि उनलाई सबैले गीत रेकर्ड गर्न भनेका थिए।

यसै क्रममा सचिनलाई कार्यक्रम इन्द्रेणीमा जाने अवसर मिल्यो। यस कार्यक्रममा पनि उनलाई धेरै साथ सहयोग माया हौसला मिल्यो। यस लगत्तै सचिनलाई गीत रेकर्ड गर्ने अवसर मिले पछि उनको गीतलाई लाखौ करोडौले माया गरेका छन। सचिनको गीत धेरैले मन पराएको हुनाले उनलाई अझै गीत गाउने अवसर मिलेको छ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७