बिहिबार, बैशाख ६, २०८१

दाङको देउखुरीमा बाघले आक्रमण गर्दा एक महिला गम्भीर घाइते

देउखुरीमा बाघले आक्रमण गर्दा एक जना महिला गम्भीर घाइते भएकी छिन् । लमही नगरपालिका वडा नम्बर ८ खोलीगाउँ निवासी ५० वर्षिया बेलमती चौधरी बाघको आक्रमणबाट गम्भीर घाइते भएकी हुन् । उनलाई मुख, आँखा र टाउकोमा बाघले आक्रमण गरेको छ ।

शनिबार दिउँसो तीन बजे तिर बाख्रा चढाउन नजिकैको जङ्गलमा गएको समयमा बाघले एक्कासी आक्रमण गरेको हो । बाख्रा लगेर श्रीमान श्रीमती सङ्गै गएका थिए । ‘श्रीमानले रुखमा चढेर घाँस झार्दै थिए । श्रीमतीले बाख्रालाई बोलाई रहेकी थिन सोही समयमा नजिकै लुकेर बसेको बाघले आक्रमण गरेकाे थियाे बाघको आक्रमणबाट गम्भीर घाइते बेलमतीको लमही अस्पतालमा उपचार भैरहेको छ । लमही अस्पतालका डाक्टरका अनुसार आँखामा गहिरो चोट भएकोले आँखा सम्बन्धी अस्पतालमा जानु पर्ने बताएका छन् ।

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७