बिहिबार, चैत्र १५, २०८०

३ वर्षे छोरीलाई बलात्कार गर्ने बाबुको असलियत, कन्चनपुरमा हेर्नुहोस् भिडियो सहित

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । साेमबार घरमा कोही नभएको मौका पारेर आफ्नै बुवाले तीन वर्षीया छोरीको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त पक्राउ परिसकेको बताउँदै घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

सालघारीका स्थानीय महिलाका अनुसार अभियुक्तले हत्या गरिएकी बालिकाकी आमालाई तीन महिनाअघि डडेल्धुराको जोगबुढाबाट भित्र्याएका थिए । मृतक बालिकाको शव महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ ।

‘पक्राउ परेका युवाले अत्याधिक मदिरा सेवन गरेका छन्’, प्रहरी प्रवक्ता चन्दले भन्नुभयो, ‘बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा युवकले बालिकालाई बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेको छ।’

भिडियो सहित हेर्नुहोस्। ….

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७