शनिबार, साउन १२, २०८१

तयारीमा लाग्नुस् : चुनाव तोकिएकै मितिमा हुन्छ, प्रधानमन्त्री ओली

दाङ  १२ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन तोकेकै मितिमा हुने बताएका छन् । सोमबार देउखुरीको राप्ती गाउँपालिका स्थीत लालमटियामा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन हुँदैनकी भनेर कोही पनि भ्रममा पर्न नहुने बताए । “कसैले भनिरहेका छन्, चुनाव तोकिएको मितिमा हुँदैन, तर त्यस्तो भ्रममा तपाइहरु नपर्नुस”, नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले, “भने ढुक्कहुनुस निर्वाचन तोकिएकै मितिमा हुन्छ ।”

उहाँले कार्यक्रतालाई प्रचार प्रसारमा लाग्न अनुरोध गर्दै निर्वाचनमा आफुहरुले सानदार सफता हात पार्ने जिकिर गरे । केही साथीले अल्मलिएर बाटो विराएको बताउदै ओलीले फर्किन समेत आग्रह गरे । “यत्रो जनताले बुझेका छन्, नेता भएर नबुझ्ने ?”, पार्टी भन्दा बाहिर रहेका कार्यक्रतालाई प्रश्न गर्दै ओलीले भने, “तपाईहरु आउनुस,  नेता भएर कुरो नबुजेझै नगर्नुस ।”

प्रधानमन्त्री ओलीले अर्को चुनावमा संसदमा काम लाग्ने नेतालाई जिताएर पठाउन पनि आग्रह गरे । साथै उनले देशमा विकासको गतिले तिब्रता लिइरहेको जिकिर गर्दै अर्को वर्षबाट नेपाल विकाशिल देश हुने बताए । “नेपालमा विकास तीब्र भएको छ, अर्को वर्षबाट नेपाल विकासन्मुख होइन, विकाशिल देशका रुपमा चिनिने छ”, ओलीले भने । उनले दाङमा बबई नदीबाट पानी सिचाई, राप्ती गाउँपालिकाबाट स्वर्गद्धारी सम्म सडक निर्माण गरिने बताए ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७