शनिबार, साउन १२, २०८१

मेक्सम खातीले गाए समिक्षा अधिकारीसंग पहिलो गीत ”नाटकै हो ” (भिडियो सहित)

नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन मुटुमा बसेकी चर्चित गायिका समिक्षा अधिकारी र मेक्सम खाती क्षेत्रिले आवाज दिएको निकै उत्कृष्ट लोकदोहोरी गीत नाटकै हो बजारमा आएको छ।गीतमा नरेश खाती क्षेत्रिको उत्कृष्ट शब्द तथा संगीत रहेको छ । नाटकै हो गीत भर्खरै बजारमा आएको छ ।यो समय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड बिचको जुहारीमा प्रयोग भएको शब्द हो नाटकै हो र नौटंकी नै हो।जसरी यो शब्द प्रयोग भएको छ सोहि अनुसारको कथा गीतमा छ कि छैन भन्ने प्रश्न उठ्न सक्छ

गीतको भिडियोमा मेक्सम खाती क्षेत्रि र गरिमा शर्माको जीवन्त अभिनय रहेको छ । शिशिर खातीले सो गीतमा निर्देशन गरेका छन् । भिडियोका छायाँकार संकल भुजेल हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन् । गीत ,मेक्सम नरेश युटुब च्यानल मार्फत बजारमा आएको छ।प्रेम कहानीमा जोडिएको गीतमा भित्री प्रेम कथा मात्रै हैन प्रेम भित्र झुट बोल्ने कुराहरुलाई बिशेष जोड दिएको छ

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७