शनिबार, बैशाख ८, २०८१

न्यूनीकरणका लागी स्टिकर टास्ने अभियान सुरु बिरगंजमा

 माघ १७ गते शनिबार ।

सुनिल श्रेष्ठ समुदाय- प्रहरी साझेदारी अन्तर्गत ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा र रोटरी क्लब अफ बिरगंजको सहयोगमा सवारी दुर्घटना न्यूनीकरणका लागी स्टिकर स्टिकर टास्ने अभियानको आज सुभारम्भ भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पान्डेको प्रमुख आतिथ्यमा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीको अध्यक्षतामा बिरगंज बसपार्क चोकमा रहेको शालिकमा टल्किने स्टिकर टासेर कार्यक्रमकोसुभारम्भ गर्नु भएको थियो ।यो कार्यक्रम एक सप्ताह सम्म चल्ने छ ।भोलि आइतबार बसपार्क भित्र रहेका ठुला गाडीहरुमा स्टिकर टास्ने कार्यक्रम रहेको कार्यक्रम सन्योजक दिलिप कार्कीले जानकारी दिनुभयो ।

यश अभियान अन्तर्गत आज बसपार्कबाट लक्ष्मणवा चोक , रजत जयन्ती चोक देखि बसपार्क र बसपार्क देखि घन्टाघर सम्म सडकको बीच भागमा रहेको पोल पोलमा टल्किने स्टिकर टासेको थियो । सो कार्यक्रममा व्यवस्थित बिरगंज अभियान ,पहल सस्था , स्प्रिट क्लब माइस्थान , ग्यालेक्सी युवा क्लब पिपरा ,ईम्पोभिङ्ग बिरगंज , टाईगर क्लब ,भोलेन्टियर टिम , सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्ली , मिनाबजार सामुदायिक सेवा केन्द्र , स्वतन्त्र युवा क्लबको सहभागिता रहेको थियो। त्यसगरि ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक सुर्य बहादुर थापा , कमल नेपाली , ट्राफिक हवल्दार , ट्राफिक प्रहरी , सन्चारकर्मीहरु , ओसन गुप्ता ,!शरण गुप्ता , राजेश पटेल लगायतकाको उपस्थिति रहेको थियो ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७