शनिबार, साउन १२, २०८१

मसानघाट बन्यो स्वर्ग जस्तो घर , विदेशमा भएको केटा बोलाएर बुहारी भागेपछि (भिडियो सहित)

दाङ माघ ,२४  शनिबार

बाके जिल्ला खजुरा गाऊपालिका वडा नं २ सितापुर टोल स्थित मन्जु सुनार आफ्नो ५ बर्षिय  छोरा सहित ब्यपत्ता भएकी छिन। श्रीमान बैदेशिक रोजागारिका  लागी खाडी मुलुक गएका छन ।  विदेश मा श्रीमानको रुवाबासी चलेको छ भने घरमा वृद् सासुससुराको पनि उस्तै अवस्था छ। माइत जान्छु बुबा भनेर गएकी बुहारी न

घरकी छोरिजस्तै बुहारी हराए पछि लोकबहादुर सुनारका बुबा-आमा मिडियामा आएका छन। मिडियाले जहाँ बाट भए पनि खोजिकार्य गर्छ भनि बुहारी खोजि दिन अनुरोध गरेका छन। वृद् बुबा-आमा काम गरि खान नसक्ने अबस्थामा पुगेका छन। बुहारीलाई हामीहरुले कहिल्यै नराम्रो भनेका थियनौ ,सधै छोरिको जस्तै मायाको साथ राखेका थियौ। आज हामीहरुलाई छोडेर कहाँ गई भन्दै हाम्रो नाति पनि लगेर गई भन्दै रुदै बसेका छन।

बुहारी बिना हाम्रो घर स्वर्ग भएको छ , खाना खान मन पनि लाग्दैन। मैले कहिले तरकालीमा नुन हाल्न ,खुर्सानी हाल्न ,खाना पकाउन नै बिर्सिन्छु। मेरो कुनै होश नै छैन। बुहारी थिन र हामी सबै खुसि थियौ। हामी कतै बाहिरबाट आयौ भने नातिले मलाई के ल्याइदिनु  भयो भनेर पटुका छाम्न आउथ्यो त्यो पनि हरायो।

लोक बहादुर दिदिका अनुसार मन्जुलाई कतार देखि आफ्नो काकीको घर तिरको एक केटाले फोन गरिरहने बताएकी छिन्। कुनै कामको बहाना बनाएर मन्जु काकीको घर जान्थिन।मन्जुको कल रेकर्ड हेर्दा त्यो केटा नेपाल आएर पनि मन्जुलाई धेरै पटक फोन गरेको बताएकी छिन। दिदीका अनुसार मन्जु छोरालाई लगि भारतको बर्डर काटेको हामीहरुले सी सी क्यामरा बाट देखेका छौ। बर्डरमा मन्जु एक्लै थिइन् तर को संग कहाँ गईन त्यो थाहा छैन।

बिदेशमा भने लोकबहादुरको अबस्था  बिजोक नै भएको छ। छोरा र श्रीमतीको मायाले उनले केहि खान नै सकेका छैनन। मिडिया सामु लोकबहादुर धेरै नै रोहिरहेका छन। मेरो श्रीमती र छोरालाई जसरि भए पनि खोजिदिनु पर्यो भनि मिडिया सामु भनेका छन।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७