मङ्लबार, अशोज १६, २०८०

काठे दोहोरी गाउँन सक्ने मिना मिडियामा, रमेश प्रसाईले फोन गर्दै तारिफ गरे हेर्नुहोस् (भिडियो सहित)

हाम्रो देशको कुना-काप्चामा छिर्ने हो भने प्रतिभाको कुनै पनि कमि छ‌ैन्।पछिल्लो समय एकदमै चर्चित गायिका कल्पना दाहाल जो काठे भाका गाउदै गर्दा रमेश प्रसाइसग दोहोरि गाएसग‌ै चर्चाको शिखरमा पुगेकि हुन् । कल्पनाकै शैली जस्तै गाउने यी दाङकि राप्ती गाउपालिका मौरिघाटकि १९ बर्षिय मिना गिरिले  पनि अहिले   राम्रो गीत गाउछिन।

गाउमा साधारण जीवन बिताइरहेकि १९ बर्षिय मिना जसले  घरायसि सबै कामहरु गर्नुपर्छ । कामका साथसाथै   उनि पढाईमा पनि तेजनै छिन। राम्रो पढाईका साथसाथै उनले स्कुलमा  पनि  सबैलाई पछि नै पार्छिन्।  मिनाको  पढाई मात्र नभएर अर्को  अचम्मको कला पनि छ। संगीत भनेपछि हुरुक्कै हुने मिना एक राम्रो स्वर भएको कारण उनलाई सबैले मन पराउछन। मिनामा एक दोहोरि गाउन सक्ने र काठे भाका मा पनि गाउन सक्ने उनको क्षमता छ।

इन्द्रेणी  कार्यक्रममा गई रमेश प्रसाई संग ठाडो भाकामा दोहोरि गाउने उनको सपना छ। फोन मार्फत मिनाले मैले हजुरसंग इन्द्रेणी मा दोहोरि गाउने हो भन्दै रमेश प्रसाईं संग कुरा गरेकी छिन। रमेश प्रसाईंले पनि फोन मार्फत मिनाको स्वर सुनेर हुन्छ म तिमिसंग इन्द्रेणीमा गाउछु पनि भनेका छन। अब छिट्टैनै इन्द्रेणीमा रमेश प्रसाईसंग गीत गाउन पाउने हुदा मिनामा  खुशीको सिमा नै छैन।

भिडियो हेर्नुहोस

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७