शनिबार, साउन १२, २०८१

१ रुपैया खर्च नगरी उदाहरणीय बिहे गरेर भाइरल बन्यो आशिष र सोफियाको जोडी

कोहोलपुर बाकेमा एक प्रेम जोडीले १ रुपैया पनि खर्च नगरेर उदारणीय  बिहे गरेका छन। उनीहरु सामान्य तरिकाले एक मन्दिरमा केहि साथीहरु लगेर बिबाह गरेका छन। हाम्रो समाजमा बिहे भन्दा बित्तकै गाऊले ,आफन्तहरु बोलाएर धेरै ऋणमा धेरै खर्च  गरि बिहे गर्ने चलन छ। समान्य परिवारले यस्तो खर्चमा बिहे गर्न सक्दैनन। तर यी २ बर्ष सम्म माया मा रहेका यो जोडीले साधारण कपडामा सजिएका युवा र युवतिले साधारण तरिकाले दुलहीलाई सिन्दुर लगाइदिए र बिवाह बन्धनमा बाधिए।

यी नव विवाहित जोडि कोहलपुर बस्ने आशिष बिक्रम शाहि र सोफिया डागि हुन् । उनिहरुको त्यो विवाहको भिडियो सामाजिक संजाल टिकटक मा राखी भाइरल  भएका हुन्। उनीहरुको यो भिडियो धेरै व्यक्तिहरुले मन पराएका  छन। बिक्रम र सोफिया भन्छन , हामी २ बर्ष देखि मायामा थियौ , हामी बुबा आमालाई भनि धुमधामले बिहे गर्न सक्थौ तर हामी एक सामान्य कपडामा बिहे गर्यौ।

बिहे गरेर धेरै ऋण खर्चिनु भन्दा सुन ,महंगा कपडा लगाएर बिहे गर्नु भन्दा  सामान्य तरिकाले बिहे गरेर सधै खुशी भएर बस्नको लागि हामी यो बिहे गरेका हौ। हाम्रो यो बिहे बाट  सम्पूर्ण आमा बुबालाई पनि थाहा होस् कि बिहेमा कुनी आफ्ना छोरि चेली लाई ऋण लगाई  बिहे गरिदिनु पर्छ। सामान्य तरिकाले पनि बिहे हुन्छ। हामीहरु बेहुला बेहुलिको पहिरनमा नभएर , कुनै गहना पनि बेहुलिले नलगाएर सिन्दुर बाहेक केही नलगाई हामी बिहे गर्यौ। हामीहरु हाम्रो बिहे देखि धेरै खुसि छौ। अहिले पढीराखेका छौ ,बुबा आमा को दुख गरेर पढाउनु भयो त्यसैले हामीहरु बिहेमा बुबाआमा लाई दुख दिन चाहेनौ। बिहे मा गर्ने खर्चले हामी पछि केहि व्यापार गरेर बस्ने भन्ने सोचले हामी हरु यस्तो बिहे गरेका हौ।

 

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७