शनिबार, साउन १२, २०८१

‘सिद्धबाबा’ लाई तीन लाख धरौटीमा छाड्न आदेश

आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले तीन लाख धरौटीमा छोडेको छ।

न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले अहिले नै उनी दोषी हुन् भन्ने प्रमाण नपुगेको भन्दै धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले सेतोपाटीलाई जानकारी दिए।

सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लगाउँदै बिहीबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

सिद्धबाबालाई शुक्रबार अस्पतालको आइसियुबाटै बयानका लागि अदालतमा उपस्थित गराइएको थियो।

बिरामी भएको भन्दै उनी विराट नर्सिङ होममा बसिरहेका थिए। उनी विरूद्ध बलात्कारको जाहेरी परेपछि मंसिर १६ गते अस्पतालको आइसियूबाटै पक्राउ परे। प्रहरीले अनुसन्धान पनि उनलाई अस्पताल राखेरै गरेको थियो।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७