शनिबार, साउन १२, २०८१

ईलाका प्रहरी कार्यालय तुलसीपुरको थुनामा रहेका एक व्यक्तिको मृत्यु ,परिवार द्वारा शव बुझन अस्विकार

ईलाका प्रहरी कार्यालय को हिरासतमा रहेका एक व्यक्तिको मृत्यु  भएको छ। मृत्यु भए लगत्तै आफन्तहरुले अहिले सम्म शब बुझेका छैनन। रोल्पा गंगादेब गाउपालिक -३ लोरीबिनि निवासी ४५ बर्षका नन्दराम ओली को मृत्यु भए लगत्तै घटनाको राम्रो छानबिन हुनुपर्ने माग गर्दै आफन्तहरुले  शब बुझ्न  अस्विकार गरेका हुन।

घटनाको छानबिन र दोषीलाई कारबाही नभएसम्म शब नबुज्ने जेठी श्रीमती पार्वती ओलीले बताउनु भयो। बिगत १६ बर्ष देखि तुलसीपुरको मालपोत नजिकै बस्दै आएका नन्दरामले कुटपिट गरेको भन्दै कान्छी श्रीमती ले ईलाका प्रहरी कार्यालय तुलसीपुर लाई खबर गरे पछि   प्रहरीले उनलाई नियन्त्रणमा लियको हो।

श्रीमती र छोरिलाई काट्छु मार्छु भन्दै चक्कुले प्रहार गर्न खोजे पछि भागेर प्रहरीलाई खबर गरिन। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक झलक प्रसाद शर्माले भन्नुभयो ,रक्सीको नसामा झगडा गरेकाले दुवै जना मिलेर बस्नुस भन्यौ तर श्रीमतीले मान्नु भएन। एक दिन भए पनि राखी दिनु प र्यो  नत्र हामीहरुलाई मारीहाल्छ भने पछि लिएर आयौ। बिहानी पख अचेत अवस्थामा देखेपछि उपचारका लागि राप्ती पार्देशिक अस्पताल लगे लगत्तै मृ*त्यु भयो। अत्याधिक मादक पदार्थ सेवन गरेको कारण मृ*त्यु भएको  प्रहरीको अनुमान छ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७