शनिबार, साउन १२, २०८१

समीक्षा अधिकारी र राजन कार्कीको आवाजमा रहेको “वनको खयर” गीत सार्बजनिक

पछिल्लो समयमा सामाजिक संजाल भरि निकैनै भाइरल सचिन परिवारको अभिनय गरेको गीत “बनको खयर”  सार्बजनिक भएको छ। के छ हजुर भनेर चिनिएका सचिन परिवार अहिले सबैको मनमुटुमा बस्न सफल भएका छन। ९ बर्षको सानो उमेरमै आमा बाट  छुट्टीएका सचिनले पढ्न लेख्न नपाएका र बुबाको केहि पेसा नभएको कारण पनि सचिनलाई पढ्न गार्हो भएको थियो। 

के छ हजुर भनि चिनिएका सचिनले इन्द्रेणीमा पनि तहल्का मच्च्याएका थिए। इन्द्रेणीमा आए पछि सचिनले आफ्नै स्वरमा धेरै नै गीतहरु गाए र ति गीतहरु धेरैको मनमुटुमा बस्न सफल भयो। धेरै नेपाली हास्य श्रीङ्खलामा पनि देख्न सकिन्छ। यस्तै राजन कार्की र समिक्षा अधिकारीको आवाजमा रहेको गीत “बनको खयर”आज मात्रै  सार्बजनिक भएको छ। उक्त गीत SabiSubi Entertainment नामक युटुब च्यानल मार्फत रिलिज भएको छ।

“बनको खयर ” नामक गीतमा शब्द सुन्दर हमालको रहेको छ भने संगीत राजन कार्कीको रहेको छ।  यो म्युजिक भिडियोमा कलाकारहरु राजन कार्की,सुबिक्षा हमाल ,सबि हमाल ,सुबि हमाल को रहेको छ भने बाल कलाकारको रुपमा सचिन परिवार र अग्रता कार्कीको रहेको छ। अहिले सम्म यो भिडियोलाई लगभग बिस हजारले हेरिसकेका छन भने एक हजार भन्दा धेरैले मन पराएका छन।

भिडियो हेर्नुहोस

 

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७